
इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले पुनरागमन जीत निकालेको छ ।
सोमबार राति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई २-१ गोल अन्तरले हराएको हो ।
युभेन्ट्सले एक गोलको अग्रता उल्टाएर जीत निकालेको हो ।
जीतसँगै युभेन्ट्सले ३४ खेलमा ६६ अंक जोडेको छ ।
युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।
सासोउलो ४६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।