०६ असार २०८३, शनिबार

हेटौंडा राप्रपामा विवाद: सिफारिस एउटा, टिकट अर्कैलाई !

बैशाख १३, २०७९
हेटौंडा राप्रपामा विवाद: सिफारिस एउटा, टिकट अर्कैलाई !
मधु अधिकारी ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा दीपकबहादुर सिंहले उम्मेदवारी दिएपछि राप्रपा मकवानपुरमा विवाद बढेको छ ।

सिंहले केन्द्रबाट टिकट ल्याएर सोमवार हेटौंडाको मेयरमा उम्मेदवारी दिएका थिए । उपमेयरमा इन्दिरा न्यौपानेले उम्मेदवारी दर्ता गरेकी थिइन् । 

राप्रपा मकवानपुरले सिफारिस समिति निर्माण गरेर मेयरको उम्मेदवारको लागि नवराज विष्ट, मधु अधिकारी, रामहरी न्यौपाने, इन्दिरा न्यौपाने तथा विशभ अधिकारीको नाम सिफारिस गरेको थियो । 

मेयरको टिकट भने सिंहले प्राप्त गरे र उम्मेदवारी दर्ता गरे । राप्रपाका नेता मधु अधिकारीले पार्टीको केन्द्रीय समितिले पठाएको टिकट आफूसँग रहेको तर राप्रपाबाट मेयरको उम्मेदवारी दिन नपाउँदा दुःख व्यक्त गरेका छन् ।

उनले सिंहको उम्मेदवारीमा आफ्नो असहमति र आपत्ति रहेको समेत जनाए ।

मंगलवार बिहान अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा 'छापामार शैलीमा सिंहले राप्रपाबाट हेटौंडाको मेयरमा उम्मेदवारी दिएको' उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘मेहनत गर्‍यो, पसिना बगायो, एक/एक वटा बीउ संकलन गरेर बाली लगायो, खनजोत गर्‍यो, धान फलायो फसल सधैँ छापामार शैलीमा अरूले नै काटेर लग्छ । हे भगवान गरीबको दिन कहिले आउँछ ?’

salt training

कमेन्ट गर्नुहोस्