
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङमा ८ सय २९ पदको लागि ४ हजार ३ सय ६१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन कार्यालका अनुसार मोरङमा एक महानगरपालिका सहित ८ नगरपालिका र ८ गाउँपालिका गरी १७ पालिकामा प्रमुख उप्रमुख ३४ जना, १५९ वडा अध्यक्ष र ६ सय ३६ वडा सदस्यहरू गरि ८ सय २९ जनप्रतिनिधिहरू निर्वाचित हुने छन् ।
महानगरपालिकाका सहित ९ नगरपालिकामा पालिकामा प्रमुख पदको लागि ८६ जनाको उम्मेदवारी परेको छ । यस्तै ८ वटा गाउँपालिका अध्यक्ष पदको लागि ६३ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय मोरङले जनाएको छ । यस्तै उपप्रमुखमा ७७ र उपाध्यक्षमा ५२ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगले मंगलवार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार वडाअध्यक्षमा १ हजार १, महिला वडा सदस्यमा ७ सय ५४, दलित सदस्यमा ६ सय ९६ र खुल्ला सदस्यहरू पदमा १ हजार ६ सय ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।