विराटनगर, २९ असार– बिहीवार विहानै मोरङको विराटनगरमा गोली चलेको छ । बिहान करिव ७ बजेर ३० मिनेटमा विराटनगरको मुनाल पथमा गोली चलेको हो ।
अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् । गोली लागेर उदयपुरको बेलटारकी ४७ वर्षीया टिनादेवी विष्ट घाइते भएकी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई व्यक्तिले एक राउण्ड फायर गरेका थिए । फायर गरेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।