२२ जेठ २०८३, शुक्रबार

फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त

बैशाख १५, २०७९
फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् ।

फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागु हुनेगरी सापकोटालाई सिइओको रुपमा नियुक्त गरेको हो ।

सापकोटा फोनपेमै एसिस्टेन्ट सीईओका रुपमा कार्यरत थिए ।

सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सुरु गरेका थिए ।

उनी यसअघि नेपाल क्लियरिङ हाउसमा आबद्ध थिए ।

एभरेष्ट बैंकबाट आफ्नो करियर शुरू  गरेका सापकोटासँग डिजिटल भुक्तानी र आइटी क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव छ ।  आइटी देखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास लिइएको कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्