काठमाडौं ,२९ असार-साउदी अरेबियाको नेतृत्वमा केही छिमेकीले जारी राखेको नाकाबन्दीका माझ कतारमा दुग्ध आपूर्ति बढाउन विदेशबाट गाई आयत गरिएको छ ।

पहिलो खेप अन्तर्गत १६५ होलस्टाइन गाई जर्मनीबाट दोहा पुर्याइएको छ ।कुल चार हजार त्यस्ता गाई त्यहाँ विमानबाट आयात गरिंदैछ ।
कतार एयरवेजको कार्गो विमानबाट बुडापेष्ट हुँदै मंगलबार ती गाई दोहा आइपुगे । ती गाईलाई विशेष डेरी फार्ममा लगियो। पावर इन्टरनेशनल नामक एक कतारी कम्पनीले ती गाई किनेको बीबीसीले जनाएको छ ।
सो संस्थाका अध्यक्षका अनुसार सबै गाई लगेपछि तिनले कतारको दुग्ध मागको एक तिहाई पूर्ति गर्न सक्नेछन् ।
साउदी अरेवियासहितका छिमेकीहरुले स्थल, सामुद्रिक तथा हवाई नाकाबन्दी लगाइदिएपछि कतारमा समस्या आइपरेको छ ।
त्यहाँ बस्ने २७ लाख मानिसका आधारभूत आवश्यकता पूर्ति गर्न कतार पूर्णतस् आयातमा निर्भर छ ।