
गएको चैत्र ३० गते राती संकास्पद मृत्यु भएकी तिलोत्तमास्थित जानकी नगरकी अमृता खत्री टंडनको अन्त्येष्टि अझै हुन सकेको छैन।
माइती पक्षको सहमतिपछि वैशाख ४ गते उनको पोष्टमार्टम गरिए पनि अन्त्येष्टी अझै हुन नसकेको हो ।
रुपन्देही प्रशासनले निष्पक्ष छानविन गर्ने प्रतिबद्धता जनाएपछि मृतकका माइती पक्ष पोष्टमार्टमका लागि सहमत भएका थिए। तर उनको दाहसंस्कार भने हुन सकेको छैन।
अमृताको माइती पक्ष निरन्तर सडक आन्दोलनमा छ भने घर तर्फका सबै जना हिरासतमा रहेकोले पनि अन्यौलता बढाएको स्थानीय प्रशासनले जनाएको छ।
माइती पक्षको माग बमोजिम घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान टोलीबाट भई रहेको छ ।
'अब उनीहरूले अन्त्येष्टी गरेर अनुसन्धानमा सघाउँदा राम्रो हुन्थ्यो,' ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले भने।