×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

बुटवलको महाभिडन्तमा मैदानमा उत्रिएका दुई इमान्दार उम्मेदवार, यस्तो छ मतदाताको मनोविज्ञान

हाम्रो स्पीडलाई कसैले ब्रेक लगाउन सक्दैन– एमाले, अंकगणितमा पनि बलियो छौं–कांग्रेस

बैशाख १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशको आर्थिक केन्द्रको रूपमा उदाएको बुटवलमा मध्य वैशाखको गर्मीलाई बिर्साउने गरी चुनावी सरगर्मीको पारो तातेको छ ।

Sagarmatha Cement
Muktinath Bank

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूले घरदैलोको तयारी थालेका छन् । मतदाताले पनि भोट हाल्ने दिन वैशाख ३० को व्यग्र प्रतीक्षा गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमालेको गढ मानिने बुटवलमा यसपटक मेयरका लागि तीव्र प्रतिस्पर्धा हुने मतदाताहरूको आकलन छ । उपमहानगरको मेयरका लागि नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा समेत उम्मेदवार बनेका खेलराज पाण्डे दोहोरिएका छन् भने एमालेबाट बाबुराम भट्टराई उम्मेदवार बनेका छन् ।


Advertisment
Nabil box
Kumari

नेकपा एमाले विभाजन भएकोले यसपटक मेयर फुत्काउने दाउमा कांग्रेस छ । सत्तारुढ गठबन्धनको प्यानलबाट उपमेयरमा नेकपा एसका नेता चीनबहादुर गुरूङ उम्मेदवार छन् । 

Vianet communication
Laxmi Bank

एमालेले भने विभाजनको कुनै असर नरहेको, बरू एमालेबाट गएका भन्दा माओवादीबाट आउनेको संख्या धेरै रहेकाले विरासत जोगाउन सकिने विश्लेषण गर्दै आएको छ । बुटवलमा नेकपा माओवादी केन्द्रको अवस्था कमजोर देखिएको छ । सत्ता गठबन्धनसँगको तालमेल हुँदा माओवादीलाई एउटा वडा मात्र परेको छ । जबकि समाजवादीले उपमेयरको टिकट पाएको छ । 

बुटवलको मेयर र उपमेयरमा राप्रपाले पनि उम्मेदवारी दिएको छ । जित्ने सम्भावना नभएपनि ठूला दलको केही भोट राप्रपाले काट्ने कांग्रेस एमालेको आकलन छ । जातीय राजनीतिको वकालत गर्ने जनमुक्ति पार्टीको पनि अस्तित्व छ, तर उसले एमालेसँग तालमेल गरेको छ ।

केही स्वतन्त्र उम्मेदवार छन्, उनीहरूको खास प्रभाव देखिँदैन ।

एजेन्डा एउटै, उम्मेदवार उस्तै 

बुटवलको मेयरका प्रमुख प्रत्यासी कांग्रेसका पाण्डे र एमालेका भट्टराईको एजेण्डा उस्तै छन् । बुटवललाई आर्थिक केन्द्रको रूपमा विकास गर्ने, निर्माणाधीन सडक पूर्वाधार पूरा गर्ने, सुकुम्बासीको पुनःस्थापना गर्ने लगायत । व्यक्तिगत आचरणका दृष्टिले पनि बुटवलका दुवै उम्मेदवार इमान्दार भएको मतदाताको मूल्यांकन छ । बुटवल ९ का नीलहरि भण्डारी मेयरका उम्मेदवार पाण्डे र भट्टराई दुवै इमान्दार उम्मेदवार भएको बताउँछन् । सोझा मेयरलाई पनि कर्मचारीले घुमाएर भ्रष्टाचार हुने खतरालाई नकार्न नसकिने उनको बुझाइ छ ।

‘बाबुराम भट्टराई सफल व्यावसायी हुन् । कमाएर समाजसेवामा लागेका उनले चुनाव जितेर भ्रष्टाचार गर्लान् भन्ने लाग्दैन,’ भण्डारीले भने, ‘खेलराज पाण्डे यहाँका जनताको दुःखसुखमा साथ दिने मान्छे हुन् । कोठामा बस्ने उनले पनि भ्रष्टाचार गर्लान् जस्तो लाग्दैन ।’

राजनीतिक दलमा आबद्ध नभएका स्वतन्त्र मतदातालाई दुईमध्ये एकलाई छान्न अप्ठ्यारो परेको उनी बताउँछन् । 

मिलनचोकमा रहेको हिमालयन बुक्सका सञ्चालक माधव गौतमको मूल्यांकन पनि उस्तै छ । 

माधव गौतम

‘मुख्य दलका दुवै उम्मेदवार बुटवलको समस्या बुझेका र केही गरौं भन्ने खालका छन् । एजेण्डा पनि खास फरक छैन,’ गौतमले भने । 

बुटवल सुख्खानगरका मतदाता समेत रहेका गौतम बुटवलका जनताको आवश्यकताभन्दा ठूला कुरा गर्ने प्रवृत्ति देखिएको बताउँछन् ।

‘नगरपालिकाले दिने सेवा प्रवाह अत्यन्त झन्झटिलो छ, कर तिर्नका लागि लामो लाइन बस्नुपर्छ । वृद्ध र बालबालिकाका लागि खुला स्थान र पार्क जरुरी छ,’ गौतम भन्छन्, ‘मेयरका उम्मेदवारहरू अग्ला भवन बनाउने कुरा गर्छन्, जुन अहिलेको प्राथमिकता होइन ।’

स्थानीय समीक्षा ज्ञवाली बुटवलमा व्यवस्थित सार्वजनिक शौचालय नहुँदा बटुवा र महिलाहरूले झन्झट व्यहोर्नुपरेको बताउँछिन् । 

‘ठूला कुरा गर्नुभन्दा जनताका लागि अति जरुरी स–साना कुरा ख्याल गर्नुपर्नेमा यो एजेण्डाको विषय नबन्दा दुःख लागेको छ,’ उनले भनिन् ।

बुटवलले झेलिरहेको धूलोको समस्या

रूपन्देहीका प्रतिनिधि सभा सदस्य विष्णु पौडेलको पहलमा बुटवलको गोलपार्कदेखि भारतीय सीमा बेलहिया नाकासम्म ६ लेनको सडक बनेको छ । सडकको अधिकांश काम पूरा भएपनि अदालतमा मुद्दा परेका कारण बुटवल नगरपालिका भित्रको सडक अस्तव्यस्त छ । नगरपालिकाको क्षेत्राधिकार नभएपनि यही अस्तव्यस्त सडक विपक्षका लागि चुनावी मसला भएको छ । 

एमालेबाट मेयरका उम्मेदवार भट्टराईले धूलोले व्यवसायी प्रताडित भएकाले सडक विभागले काम पूरा नगरे नगरपालिकाको बजेटबाटै भए पनि अल्पकालीन रूपमा बाटो कालोपत्रे गर्ने बताएका छन् ।

खानेपानी बुटवलको दोस्रो समस्या हो । विष्णु पौडेल दोस्रोपटक अर्थमन्त्री भएलगत्तै ‘मिनी मेलम्ची’को संज्ञा दिइएको खानेपानी आयोजनाको शिलान्यास गरेका थिए । तर, त्यो आयोजना निर्माणले गति लिन सकेको छैन । भएको स्रोतको पनि समुचित प्रयोग नभएको स्थानीयको आरोप छ ।

मेयर शिवराज सुवेदीले आफ्नो वडामा मात्र विकास गरेको स्थानीय लक्ष्मण पोखरेलले आरोप लगाए । ‘१३ नम्बर वडाका लागि दिने भनिएको पानी, ८ नम्बर वडा हुँदै ७ नम्बरमा पुर्‍याए, विकासमा विभेद भयो,’ पोखरेलले भने । 

सयौंको संख्यामा रहेको अटो रिक्साको व्यवस्थापन पनि यहाँको एउटा चुनावी नारा बन्ने गरेको छ । नगरपालिकाको मतदाता समेत रहेका रिक्सा चालक नगरपालिकाले आफूहरूलाई सास्ती दिने काम गरिरहेको आरोप लगाउँछन् । 

‘एउटा अटो रिक्सा चलाएर घरपरिवार धान्ने हामीसँग राज्यले दोहोरो कर लिएको छ, यातायात व्यवस्था विभागमा दर्ता भएको रिक्सा फेरि नगरपालिकामा दर्ता गरेर कर लिइएको छ,’ बुटवल दीपनगरका रिक्सा चालक राजु थापाले गुनासो गरे, ‘विश्वका कुनै ठाउँमा नभएको विभेद हामीमाथि लादिएको छ ।’

राजु थापा

बुटवलकै मतदाता रहेका अर्का रिक्सा चालक ऋषि कुमार गिरी जनताको पक्षमा काम गर्ने मेयर बुटवलले खोजिरहेको बताउँछन् । ‘आफ्नो झोली भर्ने होइन जनताको पक्षमा काम गर्ने उम्मेदवारले चुनाव जितून् भन्ने हाम्रो चाहना छ,’ गिरिले भने ।

ऋषि गिरी

बुटवलमा साना किराना पसल सञ्चालन गर्दै आएका धर्म श्रेष्ठ र सूर्यबहादुर श्रीष प्रमुख दलप्रतिको आक्रोशका कारण विकल्पमा राप्रपाले पनि भोट पाउने बताउँछन् । 

 कसको सामर्थ्य कति ?

बुटवल नेकपा एमालेको बलियो प्रभाव रहेको क्षेत्र हो । २०७४ सालको चुनावमा पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धनविरुद्ध एमालेले एक्लै प्रतिस्पर्धा गरेर चुनाव जितेको थियो । शिवराज सुवेदीसँग झण्डै २३ सय मतान्तरले खेलराज पाण्डे मेयरमा पराजीत भएका थिए । 

एमाले नेताहरूले स्वीकार नगरेपनि पार्टी विभाजनको असर बुटवलमा पनि परेको छ । एमाले विभाजनको आधार देखाएर चुनाव जित्न सकिने कांग्रेस नेताहरूको विश्लेषण छ । तर, कांग्रेसभित्र पनि असन्तुष्टि उस्तै छ । खेलराजले टिकट पाएपछि प्रभावशाली नेता मानिने क्षेत्रीय सभापति   हरि लम्सालले राजीनामा दिएका छन् । 

स्थानीय मतदाता टंकप्रसाद पोखरेल गठबन्धनले गर्दा पार्टीहरूमा समस्या रहेको बताउँछन् । ‘उम्मेदवार छनौटलाई लिएर प्रमुख दलहरूमा असन्तुष्टि देखिएको छ, अन्तरघातको सम्भावना उत्तिकै छ,’ पोखरेल भन्छन् । 

चुनावी तालमेलबाट पनि केही नेता, कार्यकर्ता र कांग्रेसका शुभचिन्तक असन्तुष्ट छन् । कांग्रेसका तर्फबाट मेयरका प्रत्यासी पाण्डे विगतमा पराजीत भएकाले आफूप्रति बुटवलवासीको सहानुभूति रहेको र यसपटक आफूले जित्ने दाबी गर्छन् । गत निर्वाचनमा उपमेयरमा झण्डै ११ हजार मतान्तर रहेकोमा मेयरमा मात्र २३ सय थियो । 

सामान्य जीवनशैलीका कारण पाण्डेलाई राजनीतिक दलमा आवद्ध नभएका व्यक्तिले समेत मन पराउँछन् । गत निर्वाचनमा पराजित भएलगत्तै उनले विजयी उम्मेदवारलाई माला लगाइदिएर राजनीतिक संस्कार देखाएका थिए । यसपटक चुनाव जितेमा बुटवलमा कांग्रेस संस्थापक वीपीसँगै कम्युनिस्ट संस्थापक पुष्पलालको पनि शालिक बनाउने योजना पाण्डेको छ । 

व्यावसायिक पृष्ठभूमिका एमाले उम्मेदवारले भने बुटवलमा एक समाजसेवीको छाप बनाएका छन् । बुटवल अस्पतालको सञ्चालक समितिको अध्यक्षदेखि रोटरी क्लबमार्फत गरेका सामाजिक सेवाका कारण आफूले मेयरमा जित्ने दाबी उनको छ । भट्टराई अध्यक्ष रहेको बेला संकलित पैसाबाट रोटरी क्लबले स्याङ्जामा निःशुल्क डाइलासिस सेन्टर खोलिएको छ भने कपिलवस्तुको जितपुरमा छिट्टै सञ्चालनको तयारी छ । 

९० हजार ६५ मतदाता रहेको बुटवलको चुनावको एउटा फ्याक्टर तिनाउ किनारामा रहेको सुकुम्बासी बस्ती पनि हो । ‘स्वीङ’ हुने खतरा रहेको यो बस्तीका मतदाता रिझाउन दुवैले सुकुम्बासी समस्या समाधानको कुरा गरेका छन् ।  

बुटवल कालिकानगरमा व्यावसाय गर्ने महेन्द्र नेपाल यसपटकको स्थानीय चुनावमा कांग्रेस र एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गर्छन् । ‘भर्खर मात्र उम्मेदवारी दर्ता भएकाले अहिल्यै कुनै प्रतिस्पर्धाको तस्वीर त आएको छैन, तर मेयरमा तीव्र प्रतिस्पर्धा हुने आकलन छ,’ नेपालले लोकान्तरसँग भने ।

बुटवल सुख्खा नगरका स्थानीय युवा लक्ष्मण पोखरेल दल विशेषभन्दा पनि विकसित हुँदै गइरहेको बुटवललाई हाँक्नसक्ने सक्षम मेयर खोजी भइरहेको बताउँछन् । 

‘यदि म काठमाडौंको मतदाता हुन्थेँ भने बालेन साहलाई भोट हाल्थें, हेर्नुस् न उसमा कस्तो भिजन छ,’ पोखरेलले भने । 

दायाँबाट क्रमश: टंकप्रसाद पोखरेल, लक्ष्मण पोखरेल, नीलहरि भण्डारी र महेन्द्र नेपाल 

स्थानीय तह निर्वाचनलगत्तै मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीका लागि समेत दलहरूले बुटवलको जीतलाई प्रतिष्ठा बनाएका छन् । 

नेपाली कांग्रेस रूपन्देहीका कोषाध्यक्ष तथा व्यवसायी हरिप्रसाद अर्यालले गठबन्धनका उम्मेदवारले अहिले बुटवलमा जीत निकाल्ने दाबी गरे ।

‘हाम्रा उम्मेदवारको नगरवासीसँग प्रत्यक्ष सामिप्यता छ,’ अर्याल भन्छन्, ‘बुटवलका सबैजसो जनताले खेलराजजीलाई चिन्छन्, र खेलराजले पनि सबैजसो जनतालाई चिन्नुहुन्छ । जनताको उहाँसँग सामिप्यता धेरै छ । अंकगणितले पनि अहिले हामी बलियो छौं ।’ 

अर्याल थप्छन्, ‘अहिलेका मेयर (शिवराज सुवेदी)ले नगरवासीलाई कथा मात्र सुनाएर कार्यकाल गुजारे । जनतालाई आजित बनाए । नगरबासीले यसपटक साँच्चै परिवर्तन खोजेका छन् ।’ 

एमाले रूपन्देहीका सचिव यज्ञ गैरे बुटवलमा एमालेको स्पीडलाई कसैले ब्रेक लगाउन नसक्ने दाबी गर्छन । 

‘हाम्रो उम्मेदवार आफैँमा बलियो हुनुहुन्छ,’ गैरेले भने, ‘गठबन्धन र खेलराजले बुटवलमा एमालेलाई ढाल्न सक्दैनन् । हामीले बुटवल उपमहानगरसहित रूपन्देहीका १३ वटा पालिकामा अहिले पनि जीत निकाल्छौं ।’ 

जिल्लामा १६ वटा स्थानीय तह छन् । जनमत एमालेमै सुरक्षित रहेकाले सत्तारुढ गठबन्धनसँग एमाले डराउनुपर्ने आवश्यकतै नभएको गैरेको दाबी छ । 

– बुटवलबाट प्रकाश आचार्यको सहयोगमा 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x