०५ असार २०८३, शुक्रबार

ट्रयांकरको ठक्करले साइकल यात्रीको मृत्यु

बैशाख १५, २०७९
ट्रयांकरको ठक्करले साइकल यात्रीको मृत्यु
प्रतिकात्मक तस्वीर

चितवनको भरतपुर महानगरपालिकाको भित्रि सडकमा दूध बोकेको ट्रयांकरले साइकल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११ शान्ति मार्गमा भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा२क ४५७५ नम्बरको ट्यांकरले सोही दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई बिहीवार दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते बाराको महागढीमाई नगरपालिका–५ बस्ने २० वर्षीय प्रमित भनिने आदित्य जैसवालको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार साइकललाई ठक्कर दिने ट्रयांकर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्