२८ असार २०८३, आइतबार

वायु सेवा सञ्चालकहरूले प्राधिकरणको निर्णय नमान्ने, भोलिबाटै उडान बन्द गर्ने चेतावनी

बैशाख १५, २०७९
वायु सेवा सञ्चालकहरूले प्राधिकरणको निर्णय नमान्ने, भोलिबाटै उडान बन्द गर्ने चेतावनी
फाइल तस्वीर

नेपाल नागरिक उड्डयन प्राधिकरणको रात्रीकालिन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भएका छन् ।  

प्राधिकरणले भोलि (शुक्रवार)देखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघले बिहीवार चेतावनी दिएको छ ।

प्राधिकरणले बुधवार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो ।

तर, त्यस्तो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताएका छन् ।

अहिले रातको ८ बजे पछिका नियमित उडान कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्