काठमाडौं २९ असार–सरकारले निजामति क्षेत्रको उच्च पद मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गरेको छ ।

सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । मुख्य सचिव सोमलाल सुवेदीले राजीनामा दिएपछि सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।