०३ असार २०८३, बुधबार

अदालतबाट जरिवाना ठहर भएका वली पक्राउ

बैशाख १५, २०७९
अदालतबाट जरिवाना ठहर भएका वली पक्राउ
प्रतिकात्मक तस्वीर

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २३ लाख ६५ हजार ४३४ रुपैयाँ जरिवाना ठहर भएका १ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विक्रम संवत् २०७८ फागुन १६ र १७ गतेको फैसलाअनुसार १२ दिन कैद सजाय र बिगो बमोजिम २३ लाख ६५ हजार ४३४ रुपैयाँ जरिवाना तोकेपछि फरार रहेका बर्दिया घर भई नयाँ बानेश्वर बस्दै आएका ३४ वर्षीय दिनेशभक्त वलीलाई बिहीवार पक्राउ गरिएको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैंकिङ कसूरजन्य अपराध गरेकाले वलीलाई बिहीवार ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका वलीले आफ्नो प्रभू बैंक लिमिटेड कोटेश्वर शाखा र एसबीआई बैंक लिमिटेड नयाँ बानेश्वर शाखाको पैसा नभएको चेक दिएर बैकिङ कसुरजन्य अपराध गरेका थिए । उनलाई फैसला कार्यान्वयनका लागि बिहीवार काठमाडौं जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए ।

salt training

कमेन्ट गर्नुहोस्