२७ जेठ २०८३, बुधबार

विज्ञहरूको आग्रह, “कोरोना कम भएको मात्रै हो, सकिएको होइन, लापर्बाही नगर्नू”

बैशाख १५, २०७९
विज्ञहरूको आग्रह, “कोरोना कम भएको मात्रै हो, सकिएको होइन, लापर्बाही नगर्नू”

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या बढेर फेरि तीन हजारभन्दा बढी हुन थालेको छ । केही समय अगाडि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेर एक हजारभन्दा कम भएकोमा अहिले फेरि दिन प्रति दिन बढ्दै गएको छ ।

दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि बढ्न थालेपछि स्वास्थ्य विज्ञहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । उनीहरूले भनेका छन्, “अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम कम भएको मात्रै हो, कोरोना भाइरस पूर्ण रुपमा हटेको होइन, त्यसैले लापरबाही नगर्नु ।”

धेरै नागरिकले महामारी अन्त्य भएको झै लापरबाही गरेको पाइएकाले सबैलाई तत्काल सचेत बनाउनु पर्नेमा पनि विज्ञहरूले जोड दिएका छन् ।  ​एएनआईसँगको अन्तर्वार्ताको क्रममा टाटा इन्स्टिच्युट फर जेनेटिक्स एण्ड सोसाइटी व्याङलोरका निर्देशक डा राकेश मिश्रले कोरोना भाइरसको महामारी फेरि फैलिन सक्ने बताए ।  

उनले अहिले पनि पहिलेकै जस्तै उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिदै लापरबाही गरिएमा फेरि अर्को ठूलो क्षति भोग्नु पर्ने चेतावनी दिए । उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा हातमा सेनिटाइजर लगाउने लगायतका कार्य अहिले पनि गर्न सबैको ध्यानाकर्षण गराए । 

salt training

कमेन्ट गर्नुहोस्