१५ असार २०८३, सोमबार

भारत चीन विवादका कारण सीमाका नागरिक चिन्तित

कात्तिक २०, २०७४
भारत चीन विवादका कारण सीमाका नागरिक चिन्तित

काठमाडौं, २९ असार — जुलुकमा रहेको एक सानो धुलौटे गाउँ सेनाका गाडीहरू पहाडहरूमा देखापर्ने र बिलाउने दृश्य निःस्पृह रूपमा हेरिरहन्छ । अधिकांश गाउँलेहरूले सेना र सरकारका लागि ठेक्कामा काम गर्नु यो निःस्पृहताको कारण हो । त्यसैले नै यहाँ धेरैजना वर्षौंपहिले बसेका थिए ।


बाह्र हजार फीटको उचाइँमा रहेको यो गाउँ डोक्लामभन्दा चार किलोमिटर पर छ । यही स्थिति नाथाङ उपत्यका र कुपोपमा पनि छ र ती ठाउँहरू केही किलोमिटर पर छन् । नाथाङका एक गाउँलेले भने, ‘यहाँ सबैजना केही चिन्तित छन् । तर हामी जीवन चलाउने कोशिश गरिरहेका छौं ।’

गाउँका पुरुषहरू सीमाको तनावका विषयमा छलफल गर्छन् । त्यो तनाव अब सानो गाउँ जुलुकमा पनि पुगिसकेको छ । ‘आवश्यकता भयो भने हामीहरू महिला र बालबालिकालाई थप सुरक्षित ठाउँमा पठाउँछौं र यहाँ बसेर भारतीय सैनिकसँग मिलेर युद्ध गर्छौं । हामीहरू गोर्खा हौं, आफ्नो मातृभूमिका लागि लड्छौं,’ एक गाउँलेले भने ।

भीडका अर्का एक मानिस भन्छन्, ‘चीनले त्रिदेशीय सिमानानिरको जमीनमा पहिलेदेखि नै आँखा गाडिरहेको छ । तर ऊ यसमा सफल हुने छैन यद्यपि हामीहरू यो विषय समाधान होला भन्ने अपेक्षा गर्दैछौं ।’

तर डोक्लाममा तनाव बढ्दै गएको खबर सुनेर गाउँलेहरू रनभुल्ल परेका छन् । केही मानिसको समूह टीभीमा समाचार हेर्छ । उनीहरूको सूचनाको स्रोत त्यही हो ।

एकजना महिला भन्छिन्, ‘हामीलाई कसैले पनि के भइरहेको छ भन्दैनन् । हामीहरू सीमानजिक बसेपनि नागरिक प्रशासन वा सेना कसैले पनि सुरक्षित ठाउँतिर सर्नू भनेका छैनन् । त्यसैले परिस्थिति काबूमै छ जस्तो लाग्छ ।’

अर्की महिला भन्छिन्, ‘तर हामीलाई बालबच्चाको चिन्ता छ । यहाँ जीवन अनिश्चित छ ।’

इन्डिया टुडेबाट

salt training

कमेन्ट गर्नुहोस्