२४ जेठ २०८३, आइतबार

सय दिनदेखि त्रिविमा ताल्चा

बैशाख १६, २०७९
सय दिनदेखि त्रिविमा ताल्चा

त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको सय दिन पुगेको छ ।

मुलुकको उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको विश्वविद्यालयमा यति लामो समय ताला लाग्दा पनि खुलाउने प्रभावकारी पहल भएको छैन ।

विभिन्न बहानामा हुने आन्दोलनका कारण उच्च शिक्षाको ८० प्रतिशतभन्दा बढी भार बोकेको उक्त संस्था शैक्षिक, प्रशासनिक तथा आर्थिक रूपमै लथालिङ्ग  बनिसकेको  छ  ।  

आन्दोलनकारीसँग  छलफल  गरेर  समस्या  समाधानका  लागि  पहल  भए  पनि  वार्ता  सफल  नहुँदा  विश्वविद्यालयको  छवि अन्तर्राष्ट्रियस्तरमै धूमिल हुन सक्ने भन्दै यस क्षेत्रका विज्ञले चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल  विद्यार्थी  सङ्घले  विश्वविद्यालयका  उपकुलपति,  शिक्षाध्यक्ष  तथा  रजिस्ट्रार  (कुल  सचिव)को कार्यकक्षमा गत माघ ६ गतेदेखि ताला लगाएको  छ  ।  

जनकपुरस्थित  युथ  क्याम्पसलाई  बीसीए  (ब्याचलर  अफ  कम्प्युटर  एप्लिकेसन)  कार्यक्रम  सञ्चालनका  लागि  दिएको  सम्बन्धन  आर्थिक लेनदेन नमिल्दा विश्वविद्यालयले खारेज गरेको  आरोप  लगाउँदै  उक्त  सम्बन्धन  यथावत्  राख्नुपर्ने  माग  सङ्घको  छ  ।  

अनियमिततामा  लाग्नेलाई   कानुनी   कारबाही   हुनुपर्ने   तथा   विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने माग पनि उनीहरूको छ । विश्वविद्यालयमै    कार्यरत    आंशिक    प्राध्यापकले पनि करारमा नियुक्ति दिनुपर्नेलगायतका माग राख्दै तीनवटै पदाधिकारीको कक्षमा ताला लगाएको छ । गोरखापत्र दैनिकमा सूर्यप्रपास पाण्डेले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्