
युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आरबी लाइपजिगले जीत निकालेको छ ।
बिहीबार राति भएको खेलमा जर्मन क्लब लाइपजिगले रान्जर्सलाई १-० गोल अन्तरले हराएको हो ।
लाइपजिग्को जितमा एन्जेलिनोले ८५ औं मिनेटमा निर्णायक गोल गरे ।
यस्तै इंग्लिस क्लब वेस्ट ह्याम भने पहिलो लेगमा पराजित भएको छ ।
वेस्ट ह्यामलाई फ्रान्कफुर्टले २-१ गोल अन्तरले हराएको हो ।