२९ जेठ २०८३, शुक्रबार

पाँच दिनपछि अवकास पाउन लागेका क्षेत्री बने मुख्य सचिव

कात्तिक २०, २०७४
पाँच दिनपछि अवकास पाउन लागेका क्षेत्री बने मुख्य सचिव
काठमाडौं २९ असार–सरकारले सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले क्षेत्रीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंकको जागिर खान गएपछि सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।

मुख्य सचिवका लागि अर्थ सचिव धनबहादुर तामाङ, शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठले लविङ गरिरहेका थिए । मुख्य सचिव नियुक्त भएका क्षेत्रीको भने खासै चर्चा थिएन । बरिष्ठताको आधारमा क्षेत्रीलाई नियुक्त गरिएको मन्त्री कार्कीले बताए ।

मुख्य सचिवमा नियुक्त नभएको भए क्षेत्रीले पाँच दिनपछि साउन २ मा अनिवार्य अवकाश पाउने थिए । मुख्य सचिव क्षेत्रीको कार्यकाल चार महिना हुनेछ । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार उनले कात्तिक ८ गते ५८ वर्षे उमेरहदका कारण अवकाश पाउनेछन् ।

क्षेत्री उर्जा मन्त्रालयकोसमेत सचिव बनेका थिए । पछि उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोग र गरिवी निवारण मन्त्रालयमा सचिव बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्