
नेपाली अटोमोबाइल उद्योगमा बहु प्रतिष्ठित एम ए डब्लु बृद्धि ग्रुप आयातकर्ता रहेको चांगन अटो नेपालले के ग्लोबल फाउन्डेसनसँग भेहिकल पार्टनरको रुपमा सहकार्य गरेको छ ।
सहकार्य रामेछापको एक विद्यालयको सहयोग कार्यक्रमबाट शुरू भएको छ ।
के ग्लोबल फाउन्डेसन टिमले सहयोगमा सहभागी हुन चांगन अटोको प्रिमियम लाईफ स्टाइल पिकअप हन्टरको प्रयोग गरेको थियो ।
श्री देभिश्वर विद्यालयमा आवश्यक स्टेसनरी सामग्री, पानीको बोतल, र नोट कपीहरू बितरण गरिएको थियो ।
के ग्लोबल फाउन्डेसनको हरेक सामाजिक पहलहरूमा चांगन अटोको साथ र सहयोग रहने जनाइएको छ ।