२९ जेठ २०८३, शुक्रबार

बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक

बैशाख १६, २०७९
बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक
फाइल तस्वीर।

बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न शुक्रवार बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । 

बैठकमा स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीच तालमेलको विषय र बागी उम्मेदवारी फिर्ताबारे छलफल हुनेछ । 

भरतपुर, पोखरा महानगरपालिकासँगै विभिन्न उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा समेत गठबन्धनले उठाएका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । 

निर्वाचन आयोगले आज ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको छ । 

कांग्रेसले आज नै एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवारी, प्रस्ताव र समर्थकलाई पार्टीबाटै निस्कासित गर्ने चेतावनी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्