०६ साउन २०८३, बुधबार

सीमावर्ती क्षेत्रको समस्या समाधान नभए केन्द्र पनि सुरक्षित रहन सक्दैन- महन्थ ठाकुर

बैशाख १६, २०७९
सीमावर्ती क्षेत्रको समस्या समाधान नभए केन्द्र पनि सुरक्षित रहन सक्दैन- महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले सीमावर्ती क्षेत्रको समस्या समधान नभए केन्द्र पनि सुरक्षित रहन नसक्ने बताएका छन् ।

चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले सीमा क्षेत्रका जनताको शिक्षा, स्वास्थ्य, भाषा, रोजगारी, खानेपानीको समस्या समाधान नगरे केन्द्र पनि सुरक्षित रहन नसक्ने चेतावनी दिएका हुन् । 

मधेश आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न राज्यले गठन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोमा उनले गुनासोसमेत व्यक्त गरे । 

'संविधान संशोधनदेखि मधेशका आन्दोलनकारीमाथि लगाइएको झुटा मुद्दा फिर्ता गर्नुपर्नेमा गरिएको छैन,' ठाकुरले भने, 'अहिले पनि धेरै निर्दोष मानिसहरू जेलमा बसेका छन्, तिनीहरूको रिहाइ हुनुपर्छ ।'

सोही कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि मधेशका सबै असन्तुष्टि सम्बोधनका लागि राज्यसँग पटक-पटक वार्ता गरिए पनि सम्बोधन नभएको बताए । 

'हामी अझैसम्म वार्ता र संवादमा नै केन्द्रित छौं, वार्तामार्फत पनि समाधान भएन भने हामी बाध्य भएर फेरि सडक आन्दोलनमा जान्छौं,' महतोले भने, 'लोसपाको मुख्य आधार मधेश भए पनि सातवटै प्रदेशमा उम्मेदवारी दिएका छौं ।'

salt training

कमेन्ट गर्नुहोस्