×

NMB BANK
NIC ASIA

देउवाकै गाउँपालिकामा कांग्रेसलाई चुनाौती, कांग्रेसीसँगै एमालेको चुनावी गठबन्धन !

बैशाख १६, २०७९

NTC
Premier Steels

आफ्नै गाउँपालिकामा प्रधानमन्त्री शेरबहादुर देउवा एक्लिएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेस (बीपी) र नेकपा एमालेले तालमेल गरेका छन् । गठबन्धन सहयात्री दलहरू पनि एक्लाएक्लै चुनावमा होमिएका छन् ।

Muktinath Bank

देउवाको गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार इन्द्रकुमार कार्की एक्लै प्रतिस्पर्धामा छन् । एमाले– (कांग्रेस बीपी) गठबन्धनबाट अध्यक्षमा करुवा चिह्न लिएर सुरेन्द्रबहादुर ओली उठेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्र, नेकपा (एस), राप्रपा र जनमोर्चाले पनि एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

अहिले देशभरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा ५ दलीय गठबन्धन गरेर चुनावमा होमिएको छ, तर देउवाकै गाउँपालिकामा सबै एक्लाएक्लै लड्न लागेका हुन् । 

Vianet communication

कांग्रेस बीपी र एमालेको गठबन्धनबाट करुवा चिह्नको मागसहित सुरेन्द्रबहादुर ओली, माओवादीको तर्फबाट चक्र मल्ल, नेकपा एसको तर्फबाट नरबहादुर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट कृष्णदेव भट्ट र राष्ट्रिय जनमोर्चाको तर्फबाट टंकप्रसाद अवस्थी उम्मेदवार छन् ।

यसले गर्दा देउवाकै गाउँपालिकामा नेपाली कांग्रेस कमजोर देखिएको छ । २०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसले अध्यक्षसहित ३ वटा वडा मात्रै जितेको थियो । माओवादी केन्द्र र एमालेले १/१ वडा जितेका थिए ।

गन्यापधुरा वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष चेतबहादुर भट्टले प्रधानमन्त्री देउवाले भेटेरै आग्रह गरे पार्टी छाडेकाहरूले उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष भट्ट

‘बीपी भनेर गएकाहरूसँग देउवाजीले भेटेर फर्क भन्नुभयो भने सबै फर्किन्छन्, उहाँले वास्ता नगरेकै कारण फुटेर गएका हुन्,’ वडाध्यक्ष भट्टले लोकान्तरसँग भने ।

नेपाली कांग्रेसबाट रुष्ट भएर कांग्रेस बीपी बनेका उनीहरूले देउवाको गाउँपालिकामा धेरै भोट काट्ने आकलन नेपाली कांग्रेसकै स्थानीय नेताहरूको छ । 

त्यतिमात्र होइन, डडेलधुराको  अमरगढी नगरपालिकामा पनि नेपाली कांग्रेस एक्लै भएको छ । नेकपा एकीकृत समाजवादीको पनि बलियो उपस्थिति तथा कांग्रेस बीपी र एमालेबीच तालमेल हुँदा कांग्रेस एक्लै प्रतिस्पर्धामा छ ।

अघिल्लोपटक एमालेबाट उपमेयर जितेकी संगिता भण्डारी अहिले समाजवादीबाट मेयर उठेकी छन् । 

यहाँ कांग्रेस बीपी र एमालेको गठबन्धनबाट उम्मेदवार भएका हरि भट्ट पनि बलिया उम्मेदवार मानिएका छन् ।

कांग्रेसकातर्फबाट डिल्लीराज जोशी उम्मेदवार बनेका छन् ।

नेकपा एसकी उम्मेदवार स्थानीय स्तरमा राम्रोसँग भिजेकाले उनलाई पनि बलियो दाबेदार मानिएको एक मतदाताले बताए । कांग्रेस बीपीको साथले एमाले पनि हौसिएको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x