
चिनियाँ सैनिक हिन्द महासागरको सामरिक महत्ववाला क्षेत्र जिबौतीस्थित सैन्य अड्डा पुगेका छन् ।
चीनका विदेशस्थित यो प्रथम सैन्य अड्डा हो । उसको यो कदमका कारण भारत र अमेरिकाको चिन्ता बढ्न सक्छ । चीनद्वारा विदेशमा बनाउन लागेको यो पहिलो सैन्य अड्डासमेत हो ।
दोस्रो अड्डा पाकिस्तानको ग्वादरमा बनाइन लागिएको छ । अयसका अलावा चीनको योजवना श्रीलंकाको हंबनटोटा बंदरगाहको पनि आफ्नो नियन्त्रणमा लिने रहेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
चीनको विदेश मन्त्रालयका प्रवक्ताा जेंग शुंगले संवाददातालाई जिवबौती अड्डा एक सहायक क्षेत्र भएको बताएका छन् । उनले चिनियाँ सैनिकलाई अदन खाडीको समुद्री तटमा मानवीय सहायता कार्य गर्नका लागि सहायता गर्न जिबौती अड्डा सहयोगी हुने बताएका छन् ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वका अनुसार चीनको सैन्य टोली लिएर जहाज जिबौतीस्थित सेन्य अड्डामा एक सहायक आधार बनाउनका लागि दक्षिण चीनको गुआंदोंग प्रान्तबाट मंगलबार हिडेको छ ।