१८ असार २०८३, बिहीबार

थप १४ जनामा कोरोना संक्रमण

बैशाख १६, २०७९
थप १४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा मुलुकभर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीवार २ हजार ७७१ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै मुलुकभर पीसीआर परीक्षणका क्रममा ९ लाख ७८ हजार ८०६ जनामा र एन्टीजेन परीक्षणका क्रममा १ लाख ४० हजार १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस दिन १९ संक्रमित निको भएका छन् ।

हालसम्म उपचार पनि निको हुनेहरूको संख्या ९ लाख ६६ हजार ६१२ पुगेको छ । 

हालसम्म कोरोनाबाट मुलुकभर ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ जना पुगेको छ । पछिल्लो २४ घन्टामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य छ ।

हाल मुलुकभर २ सय ४३ सक्रिय संक्रमित छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्