
चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनविरुद्ध बागी उठेका जगन्नाथ पौडेलको उम्मेदवारी कायम रहने भएको छ ।
गठबन्धन गर्दा भरतपुरको प्रमुख नेकपा (माओवादी केन्द्र)को भागमा परेपछि कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पौडेल पूर्व सांसद समेत हुन् ।
गठबन्धनबाट माओवादीकी रेनु दाहाल आधिकारिक उम्मेदवार बनेकी छिन् । दाहाल निवर्तमान मेयर हुन् ।
गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायतले भरतपुर पुगेर फकाए पनि पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका हुन् ।
उम्मेदवारी फिर्ताका लागि तोकिएको समय अहिले साँझ ५ बजेबाट सकिएको छ । अब उनको उम्मेदवारी कायम रहने भएको छ ।