
पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको बुलेटिनका अनुसार २ हजार ७७१ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २४३ जना रहेका छन् । पछिल्लो समय १९ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ६१२ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
शून्य संक्रमित हुने जिल्ला ३० पुगेका छन् । नेपालमा संक्रमण दर १७.४ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको निधन भएको छ । हाल होम आइसोलेसनमा २३७, संस्थागत आइसोलेसनमा ६ जना र सघन उपचार कक्षमा १ जनाको उपचार भइरहेको छ ।
विगत २४ घण्टामा २ लाख ९ हजार ५६ जनाले खोप लगाएका छन् ।