×

NMB BANK
NIC ASIA

दुष्प्रचारयुक्त सामग्री र द्वैषपूर्ण अभिव्यक्ति सम्प्रेषण नगर्न प्रेस काउन्सिलको चेतावनी

बैशाख १६, २०७९

NTC
Premier Steels

प्रेस काउन्सिल नेपालले दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न/नगराउन हुन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा अपिल गरेको छ । 

Muktinath Bank

स्थानीय तह निर्वाचनको संघारमा विभिन्न उम्मेदवार लक्षित सामग्री सम्प्रेषण भएका गुनासा, उजुरी आइरहेको सन्दर्भमा काउन्सिलले शुक्रवार यस्तो अपिल जारी गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पछिल्लो समयमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यहरूलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार हुने, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटनाहरू बढिरहेका छन् भने कुनै राजनीतिक दलका नेताहरूले अर्काे राजनीतिक दल तथा दलका नेताहरूविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिने गरेको र सोलाई समेत प्राथमिकता दिई सञ्चारमाध्यमबाट सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएको छ,’ काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराबाट हस्ताक्षरित अपिलमा भनिएको छ । 


Advertisment
Nabil box
Kumari

त्यस्ता सामग्री सम्प्रेषण गर्ने १६ सञ्चारमाध्यमलाई स्पष्टीकरण माग गरिएको, ४ वटालाई निर्देशन दिइएको, २ वटालाई ध्यानाकर्षण गराइएको र दर्ता नभएको १ वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण नहुने गरी कारबाही गरिएको समेत काउन्सिलले जनाएको छ । 

Vianet communication

पत्रकार तथा आमसञ्चार माध्यमबाट पत्रकार आचारसंहिता लगायत निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा प्रेस काउन्सिलले विशेष अनुगमन गरिरहेको छ । 

विशेष अनुगमन प्रारम्भ भएयता कतिपय सञ्चारमाध्यमबाट राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुर्‍याउने, चरित्र हत्या हुने गरि अतिरञ्जित एवं दुरासययुक्त सामग्री सम्प्रेषण भएको निष्कर्ष काउन्सिलको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले केही दिन अघि चुनावका बेला गलत समाचार उत्पदान गर्ने कारखानै चल्न सक्ने खतरा औंल्याउँदै त्यस्ता भ्रमपूर्ण सामाग्रीबाट बच्न र समाचारको स्वतन्त्र पुष्टि गरेर मात्र सम्प्रेषण गर्न सार्वजनिक अपिल गरेका थिए ।

‘निर्वाचनको बेलामा गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वैषपूर्ण) अभिव्यक्तिहरू सञ्चारमाध्यमलाई प्राप्त हुन सक्छन् । गलत, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्ने र द्वैषपूर्ण अभिव्यक्तिलाई स्थान नदिने, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सञ्चारमाध्यम सदैव सजग हुनुपर्दछ । तसर्थ दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न/नगराउन हुन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिल नेपाल पुनः अपिल गर्दछ,’ अपिलमा भनिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x