०४ असार २०८३, बिहीबार

पर्वतमा ९७ जनाले फिर्ता लिए उम्मेदवारी, ८६० कायम

बैशाख १६, २०७९
पर्वतमा ९७ जनाले फिर्ता लिए उम्मेदवारी, ८६० कायम

पर्वतमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये ९७ जनाले फिर्ता लिएका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा गरी ९७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । 

फिर्ता लिनेमा छ जना प्रमुखका उम्मेदवार, दुईजना उपप्रमुख, २५ जना वडाध्यक्ष, १२ जना महिला वडा सदस्य,  नौ दलित महिला सदस्य र ४३ जना खुल्ला सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् ।

जिल्लाको कुश्मा नगरपालिकाबाट २४,  फलेवासबाट २९, मोदी गाउँपालिकाबाट छ, जलजलाबाट पाँच, विहादीबाट २३, पैँयुबाट चार र महाशिलाबाट छ जनाले उम्मेदारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । 

    यही वैशाख ११ र १२ गते दर्ता भएका ९५७ मध्ये ९७ जनाले फिर्ता लिएपछि जिल्लाभर ८६० जनाको उम्मेदवारी कायम भएको शर्माले जानकारी दिए । उहाँका अनुसार प्रमुख वा अध्यक्षमा ४१, उपप्रमुखमा २६, वडाध्यक्षमा १९० जनाको उम्मेदवारी कायम भएको छ । 

    त्यसैगरी महिला वडा सदस्यमा १४१, दलित महिला वडा सदस्यमा १३८ र खुल्ला सदस्यमा ३२४ जनाको उम्मेदवारी कायम भएको छ । पालिकाअनुसार हेर्दा कुश्मा नगरपालिकामा २०१, मोदी गाउँपालिकामा ११९, जलजला गाउँपालिकामा १३३, फलेवास नगरपालिकामा १५७, विहादी गाउँपालिकामा ७८, पैँयु गाउँपालिकामा १०० र महाशिला गाउँपालिकामा सबैभन्दा थोरै ७२ जनाको उम्मेदवारी कायम भएको छ । सात पालिका र ६१ वडा रहेको पर्वतमा ३१९ जना जनप्रतिनिधि चुनिने छन् । तीमध्ये दुईजना महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । 

    मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले शुक्रबार साँझ नै अन्तिम नामावली प्रकाशन गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्