२३ असार २०८३, मंगलबार

आज दिनभरको मौसम : कहाँ-कहाँ वर्षाको सम्भावना ?

बैशाख १७, २०७९
आज दिनभरको मौसम  : कहाँ-कहाँ वर्षाको सम्भावना ?

हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यून चापीय प्रणाली  तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
शुक्रबार साँझ काठमाडौंसहित विभिन्न स्थानमा वर्षा भएसँगै केही शीतलता महसुश भएको छ । यस्तै आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । 
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशको  पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने छ। 

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा  वर्षाको सम्भावना रहेको छ।
यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा र कर्णाली प्रदेश र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्