२२ जेठ २०८३, शुक्रबार

ह्वाइट हाउसमा गज्जबको मूड छ : ट्रम्प

कात्तिक २०, २०७४
ह्वाइट हाउसमा गज्जबको मूड छ : ट्रम्प

काठमाडौं, २९ असार — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो निर्वाचन अभियानको रुससँग सम्बन्ध रहेको विषयमा कठोर जाँचबुझ भइरहेको भएपनि ह्वाइट हाउसको मूड गज्जबको रहेको बताएका छन् ।


उनले रोयटर्स समाचार संस्थासँग कुरा गर्दै आफ्नो प्रशासन ‘सुन्दर तरिकाले काम गरिरहेको’ बताए ।

राष्ट्रपतिले आफ्नो छोराको प्रतिरक्षा पनि गरे । उनले एक रुसी वकिललाई निर्वाचन अभियानका बेलामा भेटेको पत्ता लागेको थियो ।

अमेरिकी सञ्चारमाध्यमले यो खुलासापछि ह्वाइट हाउस अस्तव्यस्त भएको भनी वर्णन गरेका थिए ।

डोनल्ड ट्रम्प जुनियरले ट्रम्पकी प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई क्षति पुग्ने जानकारी छ भन्ने लागेर नतालिया भेसेल्नित्स्कायासँग भेटेको स्वीकार गरेका थिए ।

ट्रम्प जुनियरले फक्स न्युजलाई बताएअनुसार भेटघाट ‘उपलब्धिविहीन रह्यो’ र ‘बीस मिनेट नाश मात्र भयो’ ।

आलोचकहरूले चाहिँ उनले संघीय कानून तोडेको हुनसक्ने बताएका छन् ।

निर्वाचन अभियानको व्यस्त बेलामा धेरैथरी मानिसलाई भेटिएको हुनसक्ने राष्ट्रपति ट्रम्पले बताए ।

आफूले पुटिनलाई भेट्दा सिधै तपाईंको सरकारले अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको हो भनी सोधेको राष्ट्रपतिले रोयटर्सलाई जानकारी दिए ।

‘मैले भनें, ‘तपाईंले हस्तक्षेप गर्नुभएको हो ?’ उनले भने, ‘हैन, मैले हस्तक्षेप गरिनँ, पटक्कै गरिनँ ।’ अनि मैले उनलाई अर्कोचोटि पूरै फरक तरिकाले यही प्रश्न गरें । उनले भने, ‘पटक्कै हैन ।’

बीबीसीबाट


salt training

कमेन्ट गर्नुहोस्