०३ असार २०८३, बुधबार

वैज्ञानिकहरुले बनाए व्याट्रीबिना चल्ने मोबाइल, यसरी गर्छ काम

कात्तिक २०, २०७४
वैज्ञानिकहरुले बनाए व्याट्रीबिना चल्ने मोबाइल, यसरी गर्छ काम

संसारकै पहिलो ब्याट्रीबिनाको मोबाइल फोनको निर्माण भएको छ । अमेरिकामा रहेका वैज्ञानिकहरुको एक समूहले यस्तो मोबाइल बनाएका हुन् । जुन मोबाइल टावर तथा वाइफाइ राउटरबाट आएको रेडियो सिग्नललाई ऊर्जामा परिणत गरेर चल्छ ।

‘प्रोसिडिंग्स अफ एसोसिएसन फर कम्प्युटिङ मसिनरी अन इन्टरएक्टिभ, मोबाइल, वेरबेल एन्ड युबिक्टिस टेक्नोलोजी जर्नल’मा प्रकाशित अध्ययनअनुसार बिनाब्याट्रीको उक्त मोबाइल सेटलाई स्काइपमार्फत् कुराकानी गरेर सफल परीक्षण गरिएको थियो ।

अमेरिकास्थित वाशिंगटन विश्वविद्यालयका वैज्ञानिकहरुको टोलीले उक्त मोबाइल फोनमा रेडियो सिग्नल प्रसारण गर्न एक ‘कस्टम बेस स्टेसन’कोसमेत निर्माण गरेको छ ।

विशेष प्रविधि प्रोटोटाइपयुक्त उक्त मोबाइल उच्च ‘सेल्युलर नेटवर्क’ संरचना तथा वाइफाइसँग ‘कनेक्ट’ गर्न सकिने बताइएको छ ।

विश्वविद्यालयका वैज्ञानिक प्राध्यापक श्याम गोलाकोटाले उक्त मोबाइल सेटको उद्देश्य मानिसहरुले सजिलै कुराकानी गर्न सकून् भन्ने रहेको बताए । उनले भने–‘यो संसारकै लगभग शून्य ऊर्जा खपत गर्ने पहिलो मोबाइल सेट हो ।’

मोबाइल टावरबाट आएको एनालग सिग्नलमा रहेको विद्युतीय कणहरुलाई डिजिटल ध्वनीमा रुपान्तरण गरेपछि त्यो आवाजमा रुपान्तरण हुने गर्दछ । उक्त मोबाइल सेटमा रहेको प्रविधिले ती विद्युतीय कणहरुलाई ऊर्जामा परिणत गरिदिने र मोबाइल चल्ने वैज्ञानिकहरुको भनाइ छ ।

विशेषगरी उक्त सेटमा कुराकानी गर्दा माइक्रोफोन तथा स्पीकरमा थोरै कम्पन हुने बताइएको छ । यसको कारण आवाजलाई प्रतिसंकेतन गरी ऊर्जा खपत गर्दा माइक्रफोनले कम्पनको उपयोग गर्दछ ।

उक्त मोबाइल फोन अरु मोबाइल एप्लिकेसन चलाउनभन्दा पनि कुराकानी गर्न उपयोगी हुने बताइएको छ ।

अनुसन्धान टोलीमा आवद्ध वैज्ञानिक भाम्सी तल्लाले भविष्यमा ‘कस्टम बेस स्टेसन’ तथा वाइफाइका राउटरबाट आएको सिग्नलको आधारमा ब्याट्रीबिनाको मोबाइल सेट प्रयोग गर्न सकिने बताए ।

उनले भने–‘यस मोबाइल सेटको प्रयोगले प्रत्येकको घरघरमा वाइफाइ नेटवर्क तथा सबै ठाउँमा ‘कस्टम बेस स्टेसन सेल सिग्नल’सहितको मोबाइल टावर हुनेछ ।’

मोबाइल तथा वाइफाइ सिग्नलबाट चल्ने उक्त फोनलाई सुरुमा सुचारु गर्न भने थोरै ऊर्जाको आवश्यकता पर्ने गर्दछ । त्यसबाट मोबाइल सेटभित्रको प्रोटोटाइपमा ३.५ माइक्रो वाटको ऊर्जा बचत भएर रहने गर्दछ ।

मिरर डट कम

salt training

कमेन्ट गर्नुहोस्