०६ असार २०८३, शनिबार

सशस्त्रको ‘सङ्ग्रहालय’ उद्घाटन

बैशाख १८, २०७९
सशस्त्रको ‘सङ्ग्रहालय’ उद्घाटन

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक काठमाडौँमा हालै स्थापना गरिएको ‘सशस्त्र प्रहरी बल, नेपालक सङ्ग्रहालय’ को आज सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले उद्घाटन गरेका छन् । 

सशस्त्र प्रहरी बलले तत्कालीन अवस्थामा राष्ट्रको र नागरिकको सेवा तथा सुरक्षामा पु¥याएको योगदान एवं संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठलगायत ३२० जना अमर सशस्त्र प्रहरीले प्रदर्शन गरेकोे बहादुरीको गाथालगायत विभिन्न अभिलेख जीवन्त तुल्याउन सङ्ग्रहालय स्थापना गरिएको हो ।

उनले स्थापनाको छोटो समयमै राष्ट्रको अभिन्न सुरक्षा निकायका रूपमा स्थापित सशस्त्र प्रहरी बल नेपालबारे भावी पुस्ताले उक्त सङ्ग्रहालयमार्फत सशस्त्र प्रहरीको बहादुरीको इतिहासलगायत विविध पक्षबारे जानकारी हासिल गर्ने विश्वास व्यक्त गरे । यसैबीच सेवा निवृत्त हुन लाग्नुभएका महानिरीक्षक केसीलाई आज सशस्त्र प्रहरीले बिदाइ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्