०५ साउन २०८३, मंगलबार

नेपालले इन्टरनेटमा अब भारतको भर पर्नु नपर्ने, चिनियाँ विकल्प खुला

कात्तिक २०, २०७४
नेपालले इन्टरनेटमा अब भारतको भर पर्नु नपर्ने, चिनियाँ विकल्प खुला

काठमाडौं, २९ असार — नेपालले चीनबाट इन्टरनेट सेवा छिट्टै प्राप्त गर्ने र यसले भारतको ब्यान्डविथ आपूर्तिमाथिको एकाधिकार तोड्ने बताइएको छ । भूकम्पले अर्थतन्त्र ध्वस्त पारेको नेपालका लागि यो ठूलो वरदान हुनेछ ।


‘नेपाल अगस्ट महिनाको शुरुवातदेखि चिनियाँ इन्टरनेटसँग जोडिनेछ,’ नेपाल टेलिकमका उपप्रवक्ता शोभन अधिकारीले बताए ।

चिनियाँ ब्यान्डविथ आपूर्तिको प्रतीक्षा नेपालले लामो समयदेखि गरिरहेको थियो र अब यसले गर्दा भारतीय इन्टरनेट सेवाप्रतिको निर्भरता अन्त्य हुनेछ । भारतबाट उपलब्ध इन्टरनेट सेवामाथिको निर्भरता अन्त्य भएपछि नेपालका लागि प्रत्यक्ष लाभ प्राप्त हुनेछन् ।

अधिकारीका अनुसार उत्तरी छिमेकीबाट इन्टरनेट कनेक्सन पाउँदा नेपाली इन्टरनेट प्रयोगकर्ताहरूले कुनै अवरोधविना नै सेवा पाउनेछन् जबकि भारतीय इन्टनेट सेवाहरूमा अड्किने समस्या आइरहन्छन् ।

अहिलेको जमानामा इन्टरनेटले नै आर्थिक वृद्धि गराउँछ र रोजगारी उत्पन्न गर्छ । त्यसैले भरपर्दो अनि तीव्र गतिको इन्टरनेट संरचना नेपालका लागि आर्थिक प्रगति गर्न महत्त्वपूर्ण हुनेछ ।

चिनियाँ इन्टरनेट सेवा उपलब्ध भएपछि नेपालले डिजिटल संसारसँग जोडिने र अन्य देशसँग मिलेर इन्टरनेट अर्थतन्त्रको हिस्सा हुने अपेक्षा छ । चीनमा मोबाइल सम्पर्क र इन्टरनेट गति बढेका कारण नेपाललाई पनि भूकम्पका कारण गुमेको समयको क्षतिपूर्तिलाई सहज बनाउने अपेक्षा छ ।

नेपालमा चिनियाँ फोनका ब्रान्डहरू लोकप्रिय भइरहेका छन् । हुआवे र सियाओमी फोनहरू अहिले नेपालमा चल्तीका स्मार्टफोन हुन् । स्थानीय प्रयोगकर्ताहरूले गुणस्तरयुक्त अनि सस्ता चिनियाँ स्मार्टफोन खरिद गरिरहेका छन् ।

ग्लोबल टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्