चर्चित भारतीय फिल्म स्टारहरुले एउटा फिल्म खेलेको कति रकम लिन्छन् भन्ने कौतुहलता उनीहरुका फ्यानमा हुनु स्वभाविक हो ।

भारतीय फिल्म उद्योग ठूलो छ भने कलाकारको संख्या पनि निकै छ । चलेका कलाकारहरुले लिने पारिश्रमिक निकै हुने गरेको समाचार बेला बखतमा सार्वजनिक हुने गरेको छ । एउटा फिल्म खेल्नका लागि चलेका कलाकारले करोडौं रुपैयाँ लिने गरेको चर्चा चल्छ । वास्तविक रुपमा चाहि उनीहरुले कति रकम लिने गरेका छन् त ?
शाहरुख खानशाहरुख खान भारतीय फिल्ममा चर्चित पात्र हुन् । उनका धेरै फ्यान छन् । उनका अधिकांश जसो फिल्म हिट हुने भएका कारण फिल्म निर्माताले उनको चर्को माग शूल्कलाई पनि स्विकार गर्ने गरेका छन् । शाहरुख भारतमा धेरै कमाउने स्रेलेब्रेटिमा परेको फोव्र्सले जारी गरेको रिपोर्टमा समेत उल्लेख छ । उनले एक फिल्म खेलेको ५० देखि ६० करोड रुपैयाँ लिने गरेका छन् ।
सलमान खानसलमान खान अभिनित फिल्म ट्युवलाईट फ्लप भएपनि उनका अन्य फिल्म हिट हुने गरेका थिए । उनले खेलेका फिल्मले बक्स अफिसमा धेरै कमाउने फिल्ममा नाम लेखाउने गरेका कारण पनि फिल्म निर्माताहरु उनलाई लिन कम्मर कस्छन् । उनले एउटा फिल्मबाट ५० देखि ६० करोड रुपैयाँसम्म लिने गरेका छन् ।
आमिर खानआमिर खान मिस्टर पर्फेक्सनालिस्टका नामले चर्चित छन् । उनले वर्षमा कम मात्र फिल्म खेल्ने गरेका छन् धेरै जसो फिल्म उनले आफ्नो व्यानरमा बनाउने गरेका छन् । जहाँ उनले फिल्मको कमाई अनुसार नै आफ्नो रकम तय गर्छन् । उनको पछिल्लो फिल्म दंगलले निकै कमाई गरेको छ । हलमा चलेपछि भएको मुनाफाको ६० प्रतिशत उनले लिने गरेको समाचार केही सयम अघि सार्वजनिक भएको थियो । उनले प्रति फिल्म ४५ देखि ५० करोड पारिश्रमिक लिने गरेका छन् ।
अमिताभ बच्चनउमेरले ७५ कटिसकेपछि अमिताभ अहिले पनि अभिनयमा उत्तिकै सक्रिय छन् । उनी आफ्नो भूमिका र अवधि हेरेर पारिश्रमिक लिने गर्दछन् । भारतीय मिडियाका अनुसार अमिताभले एउटा फिल्ममा अभिनय गरेबापत १२ देखि १५ करोड भारु पारिश्रमिक लिने गरेका छन् ।
अक्षयकुमार अक्षयकुमार महँगो पारिश्रमिक लिने हिरोमा पर्छन । उनले एउटा फिल्ममा अभिनय गरेबापत कम्तीमा ४० करोड भारु पारिश्रमिक लिने गरेका छन् । कहिलेकाहीँ उनले फिल्मबाट आर्जित मुनाफाको केही प्रतिशत रकम पनि लिन्छन् । जुन हिसाब गर्दा उनको पारिश्रमिक धेरै देखिन्छ । उनले ‘जोली एलएलबी २’ मा अभिनय र मुनाफाको हिस्सा गरेर कुल ५५ करोड भारु लिएका थिए । ‘एअरलिफ्ट’ भने उनले निकै कम पारिश्रमिकमा अभिनय गरेको बताइन्छ ।
अजय देवगण अजय भने अलि लचकदार हिरोमा पर्छन् । उनी फिल्मको बजेटअनुसार आफ्नो पारिश्रमिक तोक्ने गर्दछन् । उनले सामान्यता ३० देखि ४० करोड भारु लिने गरेको बताइन्छ । आफू पनि निर्माता भएकाले कतिपय फिल्ममा भने उनले कम पारिश्रमिकमा पनि काम गरेको पनि बताइन्छ ।
ऋतिक रोशन ऋतिक कम फिल्म गर्न रुचाउँछन् । तर, पनि उनी महँगो पारिश्रमिक लिन्छन् । उनले एउटा फिल्ममा अभिनय गरेबापत ३० देखि ४० करोड भारु पारिश्रमिक लिने गरेका छन् । केही फिल्ममा भने उनले ५० करोडसम्म लिएको मिडियाले उल्लेख गरेका छन् ।
रणवीर ‘बाजीराव मस्तानी’ रिलिजअघि रणवीर एउटा फिल्ममा अभिनय गरेबापत तीनदेखि पाँच करोड भारु पारिश्रमिक लिने गर्दथे । बाजीराव मस्तानीको सफलतापछि उनले आफ्नो पारिश्रमिक ह्वात्तै तीन गुणा बढाएका छन् । उनी अचेल एउटा फिल्मबापत १० करोड भारु ‘डिमान्ड’ गर्ने गर्छन् । तर, उनलाई कुनै निर्माताले १० करोड तिरेको भने खबर आइसकेको छैन ।
वरुण धवन वरुण धवनका अहिलेसम्म आठवटा फिल्म रिलिज भइसकेका छन् । उनका कुनै फिल्मले पनि निर्मातालाई घाटा नलगाएको भारतीय मिडियाको दाबी छ । वरुणले एउटा फिल्ममा अभिनय गरेबापत पाँचदेखि सात करोड भारुसम्म पारिश्रमिक लिने गरेका थिए । तर, पछिल्लोपटक आफू अभिनीत ‘बद्रीनाथकी दुल्हनिया’ हिट भएपछि उनले पनि पारिश्रमिक बढाएको खबर छ । उनले आफ्नो रेट १० देखि १२ करोड भारु तोकेका छन् ।
रणवीर कपुर रणवीर कपुरका प्रदर्शित अधिकांश फिल्म फ्लप छन् । फिल्म फ्लप भए पनि उनी आफूलाई भने हिट नै ठान्छन् । उनी एउटा फिल्ममा अभिनय गरेबापत २० देखि २५ करोड भारु पारिश्रमिक माग गर्ने गर्दछन् । ठूला ब्यानर र चर्चित निर्देशकका फिल्म भएचाहिँ उनले १५ करोडमै पनि खेल्ने गरेको बताइन्छ ।