१२ असार २०८३, शुक्रबार

मतदाता सूचीमा नाम नहुँदा अध्यक्ष पदको उम्मेदवारी रद्द

बैशाख १९, २०७९
मतदाता सूचीमा नाम नहुँदा अध्यक्ष पदको उम्मेदवारी रद्द

मतदाता सूचीमा नाम नभएका कारण सप्तरीको रूपनी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवारको मनोनयन दर्ता रद्द भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट जिल्लाको रूपनी  गाउँपालिका  अध्यक्ष  पदमा  अरुणकुमार  साहले  मनोनयन दर्ता गरेका थिए ।

निर्वाचन आयोगले बिहीबार साहको मनोनयन रद्द गरेको हो । २०७० को संविधान सभा निर्वाचनमा मतदान गरेको ठाउँमा आफ्नो नाम हटेको विषयमा साह आश्चर्यचकित भएका छन् ।

२०७४ को निर्वाचनमा आफू कैदमा भएका कारण आफ्नो  मताधिकार  प्रयोग  गर्न  नसकिएकोले  मतदाता  परिचयपत्र अद्यावधिक हुन नसकेको साहले बताए । जेलबाट  छुटेपछि भुलवश तीन ठाउँबाट फोटोसहितको मतदाता  नामावलीमा  नाम  दर्ता  हुन  पुगेको  साहले  बताए ।

तर दोहोरो मतदाता नामावलीबाट नाम हटाउने क्रममा निर्वाचन आयोगबाट तीनवटै ठाउँको दर्ता हटेको साहले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीका अनुसार साहको उम्मेदवारीलाई लिएर बुधवार परेको दाबी विरोधमाथि छानबिन गर्ने क्रममा मतदाता नामावलीमा नाम नै नभेटिएपछि साहको उम्मेदवारी रद्द भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्