१९ असार २०८३, शुक्रबार

इम्यूनिटी बढाउने यस्ता खानेकुराले पत्थरीको खतरा, कसरी बच्ने ?

बैशाख १९, २०७९
इम्यूनिटी बढाउने यस्ता खानेकुराले पत्थरीको खतरा, कसरी बच्ने ?

मिर्गौलाको पत्थरी खतरनाक समस्या हो । पत्थरीको पीडा सहन गर्न नसकिने हुन्छ । कुनै पनि मानिसको हालत खराब गर्नसक्छ पत्थरीले । नुन र शरीरका अन्य खनिज जब एक दोस्रोको सम्पर्कमा आउाछन् तब पत्थरी हुनसक्छ । 

पत्थरीको कुनै निश्चित आकार हुँदैन । चिकित्सकका अनुसार शरीरमा चार प्रकारका पत्थरी हुनसक्छन् । क्याल्यिसम स्टोन, स्टुवाइट स्टोन, यूरिक एसिड स्टोन र सिस्टाइन स्टोन भनिन्छ । 

कस्तो खानाले पत्थरीको समस्या बढाउन सक्छ र कसरी बच्न सकिन्छ भन्ने जानकारी हेर्नुहोस् । 

एनिमल प्रोटिन 

जनावारबाट मिल्ने प्रोटिनले शरीरमा क्याल्सियम अक्सेलेट, क्याल्सियम फस्फोट र यूरिक एसिड स्टोनको खतरा बढाउँछ । यसकारण हामीले आफ्नो खानामा जनावरबाट मिल्ने प्रोटिनको क्वालीटी कम गर्नु आवश्यक हुन्छ । मासु, माछा, दूध र पनिरका सट्टा फलफूल, साग, दाल, बदाम या सोया फूडबाट प्रोटिनको पूर्ति गर्नु उच्चतम विकल्प मानिन्छ । 

अधिक सोडियम 

यदि तपाइँको भोजनमा सोडियमको मात्रा अधिक छ भने तपाइँका लागि खतरनाक बन्नसक्छ । जंक फुड, डिब्बामा प्याकिङ गरिएको खाना र नुनको अधिक सेवनबाट बच्न आवश्यक पर्दछ । क्यान सुपमा पनि अधिक मात्रामा सोडियम हुन्छ । यसकारण डिब्बामा प्याक गरिएको उत्पादन प्रयोग नगर्नुहोस् । 

अक्सलेटयुक्त खाना 

अक्सलेटयुक्त खाना सकभर बन्द गर्नुहोस् । किनकी पत्थरीको समस्या आउनेबित्तिकै सबैभन्दा पहिले चिकित्सक अक्सलेटयुक्त खाना नखान सल्लाह दिन्छन् । पालुंगो, क्रेनबैरी, शखरखण्ड र चक्लेट आदीमा अक्सलेट पर्याप्त मात्रामा पाइन्छ । केही मानिस टमाटर नखान पनि सल्लाह दिन्छन् । टमाटरमा पनि भरपुर मात्रामा अक्सलेट पाइन्छ । 

भिटामिन सी 

भिटामिन सी इम्यूनिटी बढाउनका लागि मानिसहरु खाने गर्दछन् । जसका लागि साइट्रिक एसिडयुक्त फलको अधिक सेवन गर्दछन् । जमा कागती तथा अमिलो स्वादको फलहरु पर्दछन् । 

तर, भिटामिन सीको अधिक सेवनले पनि स्टोन हुन्छ । यसकारण सुन्तला, कागतीबाट बनेका उत्पादन खान कम गर्नुहोस् । अझै बजारमा प्याकेटमा बन्द गरिएका ओरेन्ज जूस त कुनै पनि हालतमा सेवन नगर्नुहोस् । 

यस्ता तरकारीबाट पनि बच्नुहोस् 

पत्थरीका बढाउन केही साग सब्जीले पनि काम गर्दछन् । जसको बिउबाट नै स्टोन बन्न सक्छ । टमाटरको बिउ, भन्टाको बिउ, नपकाएको चामल, चनाको अधिक सेवनले पनि स्टोनको समस्या बढाउन सक्छ । 

पेय पदार्थ 

पेय पदार्थ खान मानिसहरुलाई मन पर्छ । स्टोनको समस्या भएका मानिसलाई चिकित्सकले पानीको सेवन बढी गर्न सल्लाह दिन्छन् । यस्तो स्थितिमा पेय पदार्थबाट पनि दूरी बनाउन आवश्यक हुन्छ । पेय पदार्थमा रहेको फस्फोरिक एसिडले स्टोनको खतरालाई अझै बढाउँछ । 

कसरी बच्ने ?

मिर्गौलाको समस्याबाट बच्न त्यसको डिटक्सीफिकेशन जरुरी हुन्छ । मिर्गौलाई प्राकृतिक तरिकाले डिटक्सीफाई गर्नका लागि पानी धेरै पिउनुपर्दछ । साथै सहज तरिकाले पचाउन सकिने खाना खानुहोस् । यसका साथै मिर्गौलाको समस्याबाट राहत पाउन अमला, अनार र स्याउ सेवन गर्नु राम्रो मानिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्