०६ साउन २०८३, बुधबार

सर्वाेच्च अदालतको फैसला : कोरोना विरुद्धको खोप लगाउन कसैलाई पनि बाध्य पार्न सकिँदैन

बैशाख १९, २०७९
सर्वाेच्च अदालतको फैसला : कोरोना विरुद्धको खोप लगाउन कसैलाई पनि बाध्य पार्न सकिँदैन
प्रतिकात्मक तस्वीर

कोरोना महामारी रोकथामका लागि खोप लगाउने अभियान संसारभर चलिरहेका बेला भारतको सर्वाेच्च अदालतले खोप लगाउन कसैलाई पनि बाध्य पार्न नहुने फैसला गरेको छ ।

कोभिड खोपको अनिवार्यताविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले कोरोनाविरुद्ध जनचेतना अभियान गर्न सकिने तर खोप लगाउन बाध्य पार्न नहुने जनाएको छ ।

‘खोप लगाउन कसैलाई पनि बाध्य पार्न सकिँदैन,’ अदालतले भनेको छ । खोपको अनिवार्यता हटाउन समेत अदालतले निर्देशन दिएको छ ।

हरेक व्यक्तिले खोप लगाउनैपर्ने सरकारी निर्णयलाई सर्वाेच्चले असंवैधानिक घोषणा गरेको छ ।

‘रोग रोकथामका लागि निषेधाज्ञा लगाउन सकिन्छ, जनचेतना फैलाउन सकिन्छ तर कुनै किसिमको खास औषधि प्रयोग गर्न र खोप लगाउन अनिवार्य गर्न सकिँदैन,’ अदालतले भनेको छ ।

कोरोना विरुद्धको खोपको अवसरबारे सर्वसाधारणलाई जानकारी गराउन समेत अदालतले सरकारलाई भनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्