१६ असार २०८३, मंगलबार

हरेक जिल्लामा बहिरा विद्यालय खोल्न माग

बैशाख १९, २०७९
हरेक जिल्लामा बहिरा विद्यालय खोल्न माग
प्रतिकात्मक तस्वीर

राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा व्यक्तिलाई गुणस्तरीय शिक्षाको लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’को व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

महासंघद्वारा सोमवार आयोजित ‘अपाङ्गता भएका व्यक्तिको सूचना तथा सञ्चारमा पहुँचका अवस्था लेखाजोखा रुजुसूची माथिको छलफल’ कार्यक्रममा महासंघका महासचिव सन्तोष केसीले सांकेतिक भाषाका शब्द ४ हजार ७०० मात्रै रहेकाले यो भाषाको विकास गर्न सांकेतिक भाषा अनुसन्धान केन्द्रको स्थापना गर्न सरकारसमक्ष आग्रह गरे ।

महासंघले ७५३ वटै स्थानीय तहमा दोभाषेको व्यवस्था र हरेक सार्वजनिक कार्यालयमा दोभासेको व्यवस्था गर्नुपर्ने र त्यसको लागि दोभासे उत्पादन गर्न तालिम केन्द्रको स्थापना गर्नुपर्ने, बहिरा व्यक्तिको सीप, क्षमता र आवश्यकताको आधारमा रोजगारीको व्यवस्था गर्नुपर्ने समेत माग गरेको छ ।

महासंघले नेपालमा अपाङ्गता भएका व्यक्तिको सूचना र सञ्चारमा अवरोध (सरकारी कार्यालय, निजी क्षेत्र, सार्वजनिकस्थल)मा के–के छन्, कसरी पहँचयुक्त बनाउन सकिन्छ भन्ने विषयमा रुजुसूची निर्माण गरी अध्ययन गर्ने भएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक गर्न लागेको ‘भौतिक संरचना  सूचना तथा सञ्चार निर्देशिका’को मस्यौदामा ‘सरकारले सूचनालाई सकेसम्म दोभासे वा सांकेतिक भाषाको माध्यमबाट प्रकाशन/प्रसारण गर्ने’ भनेको ठाउँमा ‘सूचना तथा सञ्चार प्रकाशन गर्दा दोभासे, क्याप्सनिङ र सांकेतिक भाषामार्फत प्रसारण गर्ने’ भन्नुपर्ने सुझाव समेत दिइएको छ ।

मस्यौदामा समावेश सकेसम्म भन्ने शब्द हटाउनुपर्ने महासंघको भनाई छ । राष्ट्रिय अपाङ्गता महासंघ नेपालका महासचिव राजु बस्नेतले पूर्णरूपमा अपाङ्गतामैत्री भौतिक संरचनालाई व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । युनिसेफद्वारा प्रकाशित एक प्रतिवेदन अनुसार अनुसार ५ देखि १२ वर्ष उमेरका कूल अपाङ्गता भएका बालबालिकामध्ये ३० प्रतिशत बालबालिका अझै विद्यालयभन्दा बाहिर छन् ।

salt training

कमेन्ट गर्नुहोस्