
सोमवार शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक ४८.७३ अंकले घट्दै २३०७.४४ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक ८.४५ अंकले घट्दै ४४१.७९ विन्दुमा झरेको छ ।
सोमवार २२८ कम्पनीको ३९ लाख ७८ हजार ०७९ कित्ता शेयर १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँमा कारोबार भएको छ ।
यस दिन जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।
यस दिन नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर ४ करोड ७३ लाख ५६ हजार ७४३ रुपैयाँ बराबरमा कारोबार भएको छ ।