०५ साउन २०८३, मंगलबार

राजस्थानमाथि कोलकत्ताको जीत

बैशाख २०, २०७९
राजस्थानमाथि कोलकत्ताको जीत

कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जीत निकालेको छ ।

मुम्बईमा सोमवार राति कोलकत्ताले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।  

राजस्थानले दिएको १ सय ५३ रनको लक्ष्य कोलकत्ताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

यस जीतसँगै कोलकत्ताले १० खेलमा ८ अंक जोडेको छ ।

कोलकत्ता सातौं स्थानमा रहेको छ ।

राजस्थान १० खेल्म्मा १२ अंक जोडेर तेस्रो स्थान रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्