०४ साउन २०८३, सोमबार

रस्मिलामाथि केशव स्थापितको आपत्तिजनक टिप्पणी- मैले कुरा खोल्दिएँ भने त...

बैशाख २०, २०७९
रस्मिलामाथि केशव स्थापितको आपत्तिजनक टिप्पणी- मैले कुरा खोल्दिएँ भने त...

काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले पीडित भनिएकी रस्मिला प्रजापतिमाथि आपत्तिजनक टिप्पणी गरेका छन् ।

मंगलवार काठमाडौं महानगरपालिका-१ मा गरिएको अन्तरक्रिया कार्यक्रममा उनले थप कुरा खोले भने प्रजापतिले आत्महत्या गर्ने बताएका हुन् । 

‘अनुचित काम गर्ने मान्छेले अस्थायी कर्मचारीलाई त आज मानेन आजै, भोलि मानेन भोलि नै निकाल्छ होला नि, ५ वर्षसम्म केही भएन,’ उनले भने, ‘उहाँको बारेमा थप कुरा खोले भने आत्महत्या नै गर्नुहुन्छ, त्यही भएर चुप लागेको । तर, हुँदै नभएको दोष बोक्नु पनि त भएन ।’ 

साथै प्रजापतिलाई हटाउनुमा आफ्नो कुनै दोष नरहेको बताएका हुन् । उनले प्रजापतिमाथि कुनै अनुचित क्रियाकलाप नगरेको पनि स्पष्टीकरण दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्