काठमाडौं, २९ असार – नेपाली फोटो पत्रकारहरुको जोखिमपूर्ण अवस्थालाई समेटिएको फोटो प्रदर्शनी राजधानीमा शुक्रवारबाट शुरु हुँदैछ । फोटो पत्रकार क्लब नेपालको आयोजनामा हुन लागेको उक्त फोटो प्रदर्शनी राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा हुनेछ ।

फोटो पत्रकारले कार्यक्षेत्रमा भोग्नु पर्ने समस्या र जोखिमका दृश्यहरु प्रर्दशनीमा राखिनेछ ।
नेपालका फोटोपत्रकार र पत्रकारको सुरक्षा स्थितीबारे सबैलाई जानकारी गराउनु नै फोटो प्रदर्शनीको मुख्य उदेश्य रहेको फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्कीले बताए ।
व्यवसायिक फोटो पत्रकारहरुको जोखिमयुक्त अवस्थालाई सुधार गर्दै लैजानु नै फोटो प्रदर्शनीको उदेश्यले रहेको अध्यक्ष कार्कीले बताए ।
इन्टर नेशनल मिडिया सपोर्टको सहयोगमा हुने उक्त फोटो प्रदर्शनीमा ४५ वटा फोटोहरु समावेश गरिएको छ । फोटो प्रदर्शनी २ दिनसम्म चल्नेछ ।