×

NMB BANK
NIC ASIA

चुनावी प्रचार

राजधानी काठमाडौंमै आचारसंहिता उल्लंघन : सूर्य छाप अंकित टिसर्ट र टोपी लगाएर घरदैलो

बैशाख २०, २०७९

NTC
Premier Steels

स्थानीय तह निर्वाचनका लागि प्रचारप्रसारको क्रममा राजधानीमै नेकपा एमालेका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ ।

Muktinath Bank

नेकपा एमालेका उम्मेदवारले निर्वाचन चिह्न सूर्य छाप अंकित टिसर्ट लगाएका युवालाई प्रचारप्रसारमा लगेको पाइएको छ ।
 
काठमाडौंको शिखरापुर नगरपालिकामा एमालेको तर्फबाट मेयर पदमा उठेका कृष्णलाल बजगाईले घरदैलो अभियानका क्रममा केही युवाहरू सूर्य चिह्न अंकित टिसर्ट र टोपी लगाएर नै प्रचारप्रसार गरिरहेको अवस्थामा भेटिएका थिए । लोकान्तरकर्मीहरू मंगलवार चुनाव रिपोर्टिङका लागि शंखरापुरको लम्फीबेसीमा पुग्दा बजगाईको प्रचारमा रहेका केही युवाहरूले सूर्य छाप अंकित सेतो टिसर्ट र रातो तथा सेटो रंगको टोपी समेत लगाएको अवस्थामा भेटिएका थिए ।
 
टोपीमा सूर्य चिह्न अंकित नेकपा एमाले लेखिएको तथा टिसर्टमा पनि अगाडिपट्टि सूर्य चिह्न तथा टिसर्टको पछाडिपट्टि सूर्य छाप भएको ठूलो चिह्न रहेको तथा राष्ट्रिय युवा संघ नेपाल शंखरापुर लेखिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूले निर्देशन नदिएको तथा केही युवाहरूले झुक्किएर टिसर्ट तथा टोपी लगाएको मेयर उम्मेदवार बजगाईले बताए ।  


Advertisment
Nabil box
Kumari

‘उहाँहरूले झुक्किएर टिसर्ट तथा टोपी लगाउनुभएको रहेछ, अब भोलिदेखि हामी त्यसलाई सच्याउँछौं,’ मेयरका उम्मेदवार बजगाईले लोकान्तरसँग भने, ‘हामीले ती युवाहरूलाई टिसर्ट बाँडेका छैनौं, उहाँहरूले आफैं बनाएर लगाउनुभएको हो । ती युवालाई त्यसो नगर्न भने पनि कोही कसैले झुक्किएर त्यसो गर्नुभएको छ, हामी त्यसलाई सच्याएर अगाडि बढ्न तयार छौं ।’

Vianet communication

कृष्णलाल बजगाई

‘हामी अधिकतम होइन, शतप्रतिशत आचारसंहिता पालना गर्ने प्रयासमा छौं । आचारसंहितालाई पालना गर्ने मुख्य दायित्वको रूपमा हामी नै हो, किनभने अगुवा पार्टी भएको नाताले पनि प्रथम कर्तव्य रहेको बुझेका छौं,’ उनले लोकान्तरसँग भने ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल भने प्रचारप्रसारका क्रममा कार्यकर्ता वा समर्थकले चुनाव चिह्न अंकित क्याप तथा टोपी लगाउनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन रहेको बताउँछन् । ‘यदि त्यस्तो कहीँ देखिएको छ भने त्यस ठाउँको स्थानीय प्रशासन तथा निर्वाचन अधिकृतले तत्काल ती सामग्रीहरू जफत गर्नुपर्छ,’ अर्यालले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x