३० जेठ २०८३, शनिबार

जलवायु र व्यापार बिषयमा भिन्नता रहकै समय ट्रम्प फ्रान्समा

कात्तिक २०, २०७४
जलवायु र व्यापार बिषयमा भिन्नता रहकै समय ट्रम्प फ्रान्समा

पेरिस, २९ असार - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पेरिस र फ्रान्सबीच जलवायु परिवर्तन तथा व्यापारमा उदारीकरणका बिषयमा देखिएको विवादकाबीच कुटनैतिक कदम अघि बढाउन बिहीबार उहाँ पेरिस आउनुभएको छ ।

उहाँ पेरिसमा रहँदा विश्वभर सुरक्षा कायम गर्न र आतङ्कवाद विरुद्ध सङ्घर्ष गर्ने बिषयमा साझा आधार बनाउन यहाँका राष्ट्रपति इम्यानुयल म्याक्रोँसहित उच्च पदस्थ अधिकारीसँग कुराकानी गर्नुहुने बताइएको छ । बिहीबार म्याक्रोँले फ्रान्सका सैनिक अधिकारीसँग दिवाभोजमा समेत सरिक हुनुहुनेछ । बिहीबार नै ट्रम्पले  लेस इनभालिडेस सैनिक सङ्ग्राहलयमा दुई नेताबीच भेट हुनेछ । त्यसपछि अमेरिकी राष्ट्रपति र म्याक्राँेबीच आतङ्कवाद विरुद्धको सङ्घर्षमा सहभागी हुने कार्यक्रम छ ।

वासिङ्टनको पेरिस सम्झौताबाट फिर्ता आउनेभन्ने निर्णयको कट्टर आलोचक म्याक्रोँले अमेरिकीे राष्ट्रपतिलाई जलबायु परिवर्तनबाट आएका समस्यालाई नियन्त्रणमा लिने प्रयासमा भएको अमेरिकी निर्णयबारे सोच्न दवाव दिनुहुने एलिसी निकट श्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्ययमले जनाएका छन् । रासस/ सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्