
बारामा एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ ।
यस वर्ष किसानले सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु खेती गरेका छन् ।
त्यसबाट प्रतिहेक्टर करिब १६ मेट्रिक टन उत्पादन हुँदा कुल एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन गरेको कृषि ज्ञान केन्द्र बारा कलैयाका प्रमुख जितेन्द्र यादवले जानकारी दिए।
कम लगानीमा बढी फाइदा हुने नगदेबाली उखु खेती र मत्स्यपालन व्यवसायतर्फ कृषक बढी आकर्षक भएकाले गत वर्षको तुलनामा यस वर्ष आलु खेती करिब ३० हेक्टरमा घटेको छ ।
विगत तीन वर्षदेखि लगातार २० देखि ३० हेक्टर क्षेत्रफल जग्गामा आलुको साटो अन्य नगदेबाली खेती हुँदै आएको उनको भनाइ छ । आर्थिक वर्ष २०७७/७८ मा दुई अर्ब ८७ करोड ५९ लाख ५० हजार बराबरको एक लाख १९ हजार दुई मेट्रिक टन आलु उत्पादन भएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।