
इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलको दोस्रो लिगमा मंगलबार राति भिल्ला रियललाई ३-२ गोलको संघर्षपूर्ण जीत निकाल्दै लिभरपुल समग्रमा ५-२ को नतिजासहित उपाधि नजिक पुगेको हो ।
पहिलो लिगमा लिभरपुलले २-० को जीत निकालेको थियो । तर, दोस्रो लिगमा लिभरपुललाई जीत निकाल्न निकै संघर्ष गर्नु पर्यो ।
अब उपाधिका लागि लिभरपुलले म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ ।