२३ असार २०८३, मंगलबार

मधेसको समस्या समाधान गर्न एमाले तयार : ओली

कात्तिक २०, २०७४
मधेसको समस्या समाधान गर्न एमाले तयार : ओली


काठमाडौँ, २९ असार - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेसको समस्या समाधान गर्न एमाले तयार रहेको बताएका छन् ।oli

भुमिजा मानवअधिकार सङ्गठनले यहाँ आज तराई–मधेसका बृद्धिजीविसँग गरेको अन्तरक्र्रियामा उनले तराई–मधेसमा देखिएको समस्या समाधान गर्न पार्टी विशेष तरिकाले लाग्ने बताए ।

“तराई–मधेसमा एमालेले कुनै प्रकारको भेदभाव हुन दिँदैन”– अध्यक्ष ओलीले भने , “त्यहाँका जनताको गरिबी र पछौटेपन हटाउनमा एमालेले अब नेतृत्वदायी भूमिका खेल्छ ।”

उनले तराई–पहाड छुट्याउन हुन्न भन्ने पक्षमा आफू रहेको उल्लेख गर्दै तराई–मधेसका जनताको उत्थान र विकासका लागि एमाले संघर्ष गर्दै आएको पार्टी भएको बताए ।

“तराई–मधेसका बारेमा एमालेका कमी भए देखाइदिनुहोस् हामी सच्याउँछौँ”– अध्यक्ष ओलीले भने , “एमालेको नीतिमा यदि खोट भए हामी त्यसलाई सुर्धाछौँ ।”

उनले मधेसका शहीदलाई अपमान शब्द र त्यहाँका जनतालाई विहार र उत्तरप्रदेश जान आफूले कहिल्यै नभनेको स्पष्ट पार्दै तराई–मधेस सुगम भए पनि विकासका दृष्टिकोणले दुर्गमभन्दा पछि परेको धारणा व्यक्त गरे ।


“विकास, मानव सचेतना र सामाजिक जागरणले तराई–मधेस दुर्गमका पडाडि भू–भागभन्दा पछि परेको छ”– अध्यक्ष ओलीले भने , “अब दुर्गमभन्दा पछि परेका मधेसका भू–भागलाई हरेक दृष्टिकोणबाट अगाडि लैजानु पर्दछ ।”

उनले संविधान सहमतिको दस्तावेज भएकाले कुनै पनि समुदायको विकासमा संशोधन गरेर मद्दत पुग्छ भने संशोधन गर्न एमाले तयार रहेको बताउँदै चुनावपछि एमालेसहितको छलफल गरी संविधान संशोधन गर्न सकिन्छ भने ।

उनले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्