०८ असार २०८३, सोमबार

हुम्लाको तल्लो क्षेत्रमा ३ हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

बैशाख २१, २०७९
हुम्लाको तल्लो क्षेत्रमा ३ हप्तादेखि टेलिफोन सेवा अवरुद्ध
प्रतीकात्मक तस्वीर ।

हुम्लाको तल्लो क्षेत्रमा करीब ३ हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्लाको अदानचुली,ताँजाकोट,चंखेली र सर्केगाडसहित मुगुको सोरु गाउँपालिका करीब तीन हप्तादेखि सञ्चारविहीन भएको हो ।

सेवा अवरुद्ध भएपछि टेलिफोनका माध्यमबाट हुने सबै खालका काम कारवाही अवरुद्ध भएको छ । 

फोन गर्नकै लागि अग्लो डाँडामा गएर घण्टौँ कुरेर फोन गरेर फर्किनुपर्ने बाध्यता रहेको अदानचुली गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

निर्वाचनको लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई समेत जिल्ला वा सम्बन्धित निकायमा खबर गर्न समेत गाह्रो भएको छ । - कालीबहादुर थापा, हुम्ला

salt training

कमेन्ट गर्नुहोस्