×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव : पोखरा महानगर विशेष

अघिल्लो मतान्तरभन्दा धेरै मत समाजवादीसँग छ, १५ हजार अन्तरले जित्छौं: धनराज आचार्य [अन्तर्वार्ता]

बैशाख २१, २०७९

NTC
Premier Steels

सत्ता गठबन्धनबीच केन्द्रीय स्तरबाट तालमेल भएको पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादी (एस)ले पाएको छ ।

Muktinath Bank

देशभरबाट चासोका साथ हेरिएको पोखरामा गठबन्धनको एजेण्डा के छ, चुनाव जित्ने आधार के हुन् ? भनेर मेयरका उम्मेदवार धनराज आचार्यसँग लोकान्तरले गरेको कुराकानीको सम्पादित अंश :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्दा पोखरेली जनताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?


Advertisment
Nabil box
Kumari

– गठबन्धनको तर्फबाट पोखराको मेयरका लागि साझा उम्मेदवार बनेर आउँदा पोखरेली दिदीबहिनी, दाजुभाइबाट असाध्यै सकारात्मक प्रतिक्रिया पाएको छु । यहाँका मतदाताहरू जसले साँचो अर्थमा पोखरालाई विकसित र समृद्ध बनाउनुपर्ने कुरा राख्नुहुन्छ, उहाँहरूलाई हामी यसरी काम गर्नेछौं भनेर कुरा राख्दा साँच्चिकै पोखरा बनाउन सक्ने, परिवर्तन गर्न सक्ने लिडरशिप आयो भनेर उत्साहित भएको पाएँ । म जहाँ पुगेको छु, तपाईंको बारेमा सुनेका थियौं, आज प्रत्यक्ष भेट्न आएको हो । नाम सुनेको धेरै वर्ष भयो, विद्यार्थी राजनीति गर्ने बेलादेखि चिनेको हो, तपाईंलाई भेट्न आएको हो भनेर प्रतिक्रिया पाएको छु ।

Vianet communication

चुनावी सभा र भेटघाट बढाएका छौं । मेयर/उपमेयरका उम्मेदवारसहित टोली/वडामा जाँदा गठबन्धनका उम्मेदवार लिएर हिँडेका छौं । पोखराका मतदाताबाट पाएको प्रतिक्रियाले हामी अत्यन्तै उत्साहित भएका छौं । 

पोखरामा असन्तुष्टि छ, कांग्रेस कार्यकर्ताले तपाईंलाई भोट हाल्छन् कि हाल्दैनन् भन्ने अन्योल छ भन्ने सुनिन्छ नि !

– उम्मेदवारी मनोनयनभन्दा पहिला टिकट मैले पाउनुपर्छ, पार्टीभित्र पनि मैले पाउनुपर्छ भनेर नेताहरूले गरेको लविङ स्वाभाविक कुरा थियो । नेपाली कांग्रेसका धेरै साथीहरू आकांक्षी हुनुहुन्थ्यो, जब गठबन्धनमा मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसबाट हुने भनेर निर्णय भएर आयो, त्यसपछि सामूहिक रूपमै नोमिनेसन गर्‍यौं । त्यसपछिका कार्यक्रम पनि योजनाबद्ध ढंगले मिलेरै गरिरहेका छौं ।

अहिलेको अवस्थामा त्यो कुरा छैन, ५ वटै पार्टी एकमनाका साथ साझा उम्मेदवार लिएर अगाडि बढेका छौं । पार्टीमा विद्रोह गरेर २ जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो, त्यसलाई उहाँहरूले फिर्ता लिनुभयो । १ जनाले राख्नुभएको छ, कांग्रेसका साथीहरूले उहाँको उम्मेदवारीले फरक पर्दैन भन्नुभएको छ । 

कांग्रेस नेताहरू तपाईंको पक्षमा खुलेर लागेका छन् ?

– म गठबन्धनको साझा उम्मेदवार भएकाले नेपाली कांग्रेस लगायत गठबन्धन दलका नेताहरू प्यानल नै जिताउन लागिपर्नुभएको छ । हाम्रा साझा उम्मेदवार छन्, साझा एजेण्डा र घोषणापत्र भएकाले हामीहरू सँगसँगै छौं ।

विगतमा एमालेले फराकिलो मतान्तरले चुनाव जितेको थियो, यसपटक पनि एमाले बलियो छ भन्ने विश्लेषण गरिएको सुनिन्छ । तपाईंले कसरी चुनाव जित्नुहुन्छ ?

– अघिल्ला चुनावमा १४ हजार मतले तत्कालीन एमालेले चुनाव जितेको हो, त्यसका कारण थिए । लेखनाथ क्षेत्रको उम्मेदवार हुनुहुन्थ्यो, पुरानो नेता हुनुहुन्छ भन्ने सेन्टिमेन्ट थियो । अर्कोतिर कांग्रेसको उम्मेदवार यहाँ मतदातासँग नभिजेका कारणले गर्दा मतान्तर बढी थियो । विगतको मतान्तरभन्दा धेरै मत लिएर हामीले नेकपा एस बनाएका छौं । त्यो मतान्तरको कुरा रहेन, जब मतान्तरभन्दा बढी मत त्यो पार्टीबाट अन्यत्र गयो भने मतान्तर रहने कुरै भएन ।

नेपाली कांग्रेसले पनि आफ्नो संगठनलाई धेरै सुदृढ बनाएको छ, माओवादी केन्द्रको संगठन पनि उत्तिकै मजबुत भएको छ, महाधिवेशनले गर्दा सबैले ग्राउन्डमा राम्रो संगठन बनाएका छन्, जसपाको पनि पनि राम्रो पकड छ । 

त्योबाहेक पनि सामाजिक काम गरेको जनमतको हिसाबले पनि कास्कीका धेरै मतदाता भएको क्षेत्रको उम्मेदवार भएका कारणले पनि मैले चुनाव जित्छु । विगतको मतान्तरलाई अगाडि लगेका छौं, हाम्रो आकलन १५–१८ हजार मतान्तरले गठबन्धन अगाडि छ ।

३९ हजार मतदाता थपिनुभएको छ, उहाँहरू पढे–लेखेको, आईटी फ्रेन्डली नयाँ पुस्ता भएकोले अघिल्लो पुस्ताभन्दा सोच्न सक्ने, राम्रो काम गर्न सक्ने र क्रिटिकल एनालाइसिस गर्न सक्ने पुस्ता हो । उहाँहरूले विगतमा के भयो ? यतिका वर्षसम्म अवसर पाएर किन गर्न सक्नुभएन भन्ने प्रश्न उहाँहरूले हरेक पोइन्टमा राख्न सक्नुहुन्छ । 

पोखरामा थपिएका ३९ हजार मतदातालाई आकर्षित गर्ने नारा के छ ?

– ३९ हजार मतदाता थपिनुभएको छ, उहाँहरू पढे–लेखेको, आईटी फ्रेन्डली नयाँ पुस्ता भएकोले अघिल्लो पुस्ताभन्दा सोच्न सक्ने, राम्रो काम गर्न सक्ने र क्रिटिकल एनालाइसिस गर्न सक्ने पुस्ता हो । उहाँहरूले विगतमा के भयो ? यतिका वर्षसम्म अवसर पाएर किन गर्न सक्नुभएन भन्ने प्रश्न उहाँहरूले हरेक पोइन्टमा राख्न सक्नुहुन्छ । 

हामीले के गर्छाैं भन्ने भिजन प्रस्तुत गरेका छौं । नयाँ थपिएको मत हाम्रो पक्षमा आउँछ भन्ने हाम्रो बुझाइ छ । 

तपाईंका प्रतिस्पर्धी उम्मेदवारले मैले गठबन्धनलाई कुनै चुनौती ठानेको छैन, गठबन्धन पछारिन्छ भन्नुहुन्छ नि ?

– धेरै लामो जानु छैन, केही दिनमा परिणाम आइहाल्छ । कसैले कसैको अस्तित्व स्वीकार्न सक्दैन भने त्यहाँभन्दा नेगेटिभ कुरा केही हुँदैन । म उहाँ (एमाले उम्मेदवार) केही होइन भन्दिनँ, एउटा संगठित पार्टीको नेता भएकाले राम्रै चुनावी प्रतिस्पर्धा हुन्छ । मेरो आग्रह के छ भने चुनावलाई अलि स्वस्थ बनाऔं, हाम्रो ठाउँबाट अरुको ठाउँबाट पनि अस्वस्थ बनाउँदै लगेमा राजनीतिक प्रदूषण बढ्छ । उहाँले हामीलाई अवमूल्यन गर्दैमा केही फरक पर्दैन, वैशाख ३० गतेसम्म कुर्न आग्रह गर्छु । 

तपाईं पोखराको मेयर जित्नुभयो भने ५ वर्षपछि यहाँ घुम्न आउनेले के परिवर्तन देख्न पाउने छन् ?

– पोखरा एउटा अन्तर्राष्ट्रिय शहर हो, संसारभरिबाट जो पर्यटक नेपाल आउनुहुन्छ, अधिकांश पोखरा आएर मात्र फर्किनुहुन्छ । कम्तिमा २ रात भए पनि पोखरा बस्ने रेसियो छ, त्यसो भएको हुनाले पोखरालाई हामीले एउटा अन्तर्राष्ट्रिय स्तरको शहर बनाउन चाहन्छौं । कोत्रेबाट पोखरा छिर्ने वित्तिकै पोखरा महानगरमा प्रवेश गर्‍यौं भन्ने छनक दिने त्यस्ता केही विम्ब बनाउने छौं ।

कोत्रेदेखि पोखरा बजारसम्मको झण्डै १५ किलोमिटर सडकमा पोखरा झल्काउने खालका आकृति बनाउँछौं । कोत्रेदेखि पोखराको बाटोमा इलेक्ट्रिकट्राम चलाउने कुरा कार्यक्रममा राखेका छौं, त्यो पनि नयाँ कुरा हुनेछ । पोखरा प्रवेश गर्ने वित्तिकै पोखरा बसपार्क निर्माण गरिसकेका हुनेछौं । 

अहिलेको पोखरा बसपार्कलाई सिटी बसपार्कको रूपमा विकसित गर्छाैं, त्यो आधुनिक बसपार्क हुनेछ । पोखरा आउने २ वटा लाइफलाइन विजयपुर र चाइना पुलमाथि पुल बनाउनका लागि केन्द्रीय सरकारसँग विशेष पहल गर्नेछौं । पोखराको रिङरोडको लाइन बनिसकेको अवस्था हुनेछ ।

पोखरा आउँदा छुट्टै अनुभव महसूस गर्ने गरी ब्यूटिफिकेसन गरेका हुनेछौं, यो सफा र ग्रिनरी हुनेछ । सुन्दर, सफा पोखरा र हरियालीयुक्त पोखरा हुनेछ भने पर्यटकीयस्थल लेकसाइड वरपरको क्षेत्रलाई फरक ढंगले लाइटिङ गरेका हुनेछौं । साँझको बेलामा हामी कुन अन्तर्राष्ट्रिय शहरमा छौं भन्ने महसूस गराउन सौन्दर्यीकरण गरिएको हुनेछ ।

५ वर्षमा लेकसाइडलाई भेइकल फ्री जोन बनाइसकेका हुनेछौं । लेकसाइड २४ घण्टै खुलेको हुनेछ, त्योबाहेक डाउनटाउनभित्र अत्यावश्यक सेवा २४ घण्टै खुला गरेका हुनेछौं ।

महानगरभित्र अत्यावश्यक कुरा सार्वजनिक शौचालय कति ठाउँमा चाहिने जस्ता कुरा लिएर महानगरको न्यूनतम कुराहरू सबै बनाइसकेको हुनेछ । ठाउँठाउँमा सूचना केन्द्र राखिएको हुनेछ । पहिला त गएकै हो, फेरि एकपटक पोखरा हेर्न जाउँ न, धेरै परिवर्तन भएछ पोखरा, हेर्न जाउँ भन्ने खालको अवस्था ५ वर्षमा बनाउने छौं । पोखरालाई राम्रो बनाउने हाम्रो दृढ संकल्प छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

बैशाख २५, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले  देश र जनताको हितका लागि नभएर अरू कस...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x