३० जेठ २०८३, शनिबार

काभ्रेमा भारतीय पर्यटक बोकेको गाडी र जीप ठोक्कियो, ५ जनाको मृत्यु

बैशाख २१, २०७९
काभ्रेमा भारतीय पर्यटक बोकेको गाडी र जीप ठोक्कियो, ५ जनाको मृत्यु

काभ्रेमा भारतीय पर्यटक बोकेको गाडी र जीप एकापसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । 

बुधवार काभ्रेको रोशी गाउँपालिका–११ मा दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेको सनाखत हुन नसकेको काभ्रे प्रहरी प्रवक्ता हरि खतिवडाले जानकारी दिए । 

उनका अनुसार पर्यटक बोकेको यूपी५८टी ८१८१ नम्बरको मिनी बस र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जीप एकापसमा ठोक्किएका हुन् । 

‘म दुर्घटनास्थलमै छु, थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्