२६ जेठ २०८३, मंगलबार

यातायात कार्यालयका सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने १० जना पक्राउ

बैशाख २१, २०७९
यातायात कार्यालयका सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने १० जना पक्राउ

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जनालाई प्रहरीले बुधवार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१४ का सुजन बुढाथोकी (३४), सोही ठाउँ बस्ने दोलखा घर भइका विवेक थापा (३४), ललितपुर महानगरपालिका–१० बस्ने धनुषाका दुनियाबहादुर राउत (३५), ललितपुर–१ इमाडोल बस्ने काभ्रेका विशाल तामाङ (२२), ललितपुर–१४ का सुनिल बज्रचार्य (३९) रहेका छन् । 

त्यस्तै ललितपुर–१० कामहेश सुवेदी (३६), ललितपुर–१५ भैँसेपाटी बस्ने रामेछापका शिव दर्जी (२६), एकान्तकुना बस्ने गोदावरीका राजेश सुनुवार (२६), ललितपुर–१३ बस्ने बाराका रोशन घिमिरे (२४) र ललितपुर–२१ बस्ने काभ्रेका कमल लामा (३३)लाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरूले व्यक्तिगत कामका लागि आउने सेवाग्राहीलाई अनावश्यक झन्झट दिने, सेवामा अवरोध गर्ने अभद्र व्यवहार गर्ने गरेका थिए । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्